अन्तरवार्ता निस्तार पत्रिका
बि. पी. खनाल नेपाली पत्रकारिता, लेखन तथा धार्मिक स्वतन्त्रता अभियानको क्षेत्रमा परिचित नाम हो । ब्राम्हण परिवारमा ४६ वर्षअघि जन्मिएका खनाल १३ वर्षको उमेरमै बामपन्थी भूमिगत राजनीतिमा सरिक हुनुभयो, उसै बेलादेखि छापापत्रकारितामा समसायिक राजनीतिक विषयमा कलम चलाउँदै आउनुभएको छ । नेपाली ख्रीष्टियन जगतमा कुशल लेखकका रूपमा आफूलाई स्थापित गर्नुभएका खनाल उच्चशिक्षा अध्ययनका लागि राजधानी काठमाण्डौंमा बिगत २७ वर्षअघि आउनुभएको हो । अहिले पनि उहाँ सर्वा·ीण सेवा विकास विषयमा विद्यावारिधी गर्दै हुनुहुन्छ । तीन छोरीहरू र पत्नीसहित काठमाण्डौं बस्दै आउनुभएका खनाल हाल जनजागरण पार्टी नेपालको महासचिवको रूपमा सेवारत हुनुहुन्छ । उहाँसित निस्तार पत्रिकाका सम्पादक रामप्रसाद पौडेलले लिनुभएको अन्तरवार्ता यहाँ प्रश्तुत गरिएको छ — सम्पादक
जनजागरण पार्टी नेपाललाई नेपाली ख्रीष्टियनहरूले कसरी बुझ्नुपर्छ ?
जनजागरण पार्टी नेपाल स्थापनाको खास उद्देश्य नै राजनीतिको क्षेत्रमा गुमेको वा महत्व नदिइएको नैतिकता, इमान्दारीता र सेवकीय भावनाजस्ता विषयहरूलाई प्रवेश गराउनु हो । यसका मूल्यमान्यता र सिद्धान्तहरू मानव जगतमै सर्वत्र स्वीकृत उत्कृष्ट धर्मशास्त्र बाइबलमा आधारित छन् । विश्वराजनीतिबाटै ओझेल पर्दै गएका यी मान्यताहरूलाई पुनस्र्थापना गर्ने अठोट बोकेर दूरगामी दर्शनसहित साँचो र धर्मी चरित्रको प्रदर्शन गर्ने इश्वरीय चाहना हामीमा भएकै कारण हामीले राजनीतिमा पाइला टेक्ने जमर्को गरेका हौं । यो विद्यमान राजनीतिमा छाएको कालो सँस्कृति र धूर्त व्यवहारलाई परिर्वतन गर्ने अभियान हो, र जनजागरण पार्टी नेपाललाई त्यही अभियानको अभियन्ताका रूपमा उभ्याउन खोजिएको एउटा चुनौतिपूर्ण तर हार्दिक अभिष्टका रूपमा बुझ्नु उचित हुन्छ । जसलाई हामी ‘आÇनो’ भन्छौं, त्यो बिग्रिएको, गलत बाटोमा लागेको हेरिबस्नु कदापि उचित हुँदैन । परमेश्वर आफैंले सृष्टि गरेको संसारलाई पापको दलदलमा छाडिदिनुभएन, उहाँले यसको उद्धारका लागि मसीह ख्रीष्ट पठाउने उपाय चयन गर्नुभयो । हामी नेपाली ख्रीष्टियनहरूले आफूलाई ‘नेपाली’ भन्दैगर्दा नेपाल देशप्रति साँचो लगाव राख्नुपर्छ । देश अविश्वास, विभेद, शोषण, अन्याय, झूट र भ्रष्ट राजनीतिक चरित्रको नेतृत्वमा चलिरहँदासम्म यो निरन्तर पतनको मार्गमा सुल्किइरहन्छ भन्ने हामी मान्छौं, तापनि यसलाई “फोहोरी खेल” कै संज्ञा दिएर हामी यसबाट परहेजी नै बनिरहन्छौं भने परमेश्वरको चरित्र हामीले पछ््याएनौं । सुधारको पक्षमा सकेको योगदान–बलिदान गर्ने दायित्व ख्रीष्टका सच्चा अनुयायीमा हुनैपर्छ । हामी परिवर्तनका बाहकहरू हौं, हामीलाई ‘शिर’ बनेर सेवा गर्ने प्रतिज्ञासहितको आज्ञा दिइएको छ, दिग्भ्रमित र भ्रष्ट अगुवाहरूको पछिलाग्ने बोलावट हाम्रो होइन । राजनीतिक नेतृत्व अग्रगामी, दर्शनयुक्त, न्यायी, र लोककल्याणकारी हुन सके कुनै पनि देश यथास्थितिमा रहन्न, देशवासीहरूले राष्ट्रका निम्ति स्वेच्छिक योगदान दिने वातावरण बन्छ र विकासको रÇतार बढ्छ । हो, यही उद्देश्यसहित मुलुकलाई “सुन्तर, शान्त र समृद्ध” बनाउने दर्शनसहितको राष्ट्रिय अभियान सिर्जना गर्ने इश्वरभक्त मानिसहरूको साँचो प्रयासका रूपमा जनजागरण पार्टी नेपाललाई बुझिदिनुहुन हार्दिक अनुरोध गर्दछु ।
संसदमा एकसिट पाएपछि पार्टी सुस्ताएकै हो ? के यति उपलब्धीमै चित्त बुझाएर बस्नुभएको हो ? पहिले सक्रिय देखिएका नेताहरू अहिले किन सुस्ताएका नि ?
उसबेला हामीले पार्टी स्थापनाको लगत्तै चुनावमा होमिनु परेको कारण पार्टीपंक्ति बलियो बनाउनमा हामी चुकेका हौं । प्रचलित राजनीतिमा धेरथोर अनुभव बुटुलेका केही साथीहरू मौकावादी प्रवृत्तिसहितै हामीसित जोडिइनुभयो भन्नु अन्यथा हुँदैन । ख्रीष्टियन समुदायलाई केवल “भोटब्याड्ढ”का रूपमा उपभोग गर्ने तत्कालीन चुनावी रणनीति हामीमा हावि बन्यो । हाम्रो दर्शन, मूल्यमान्यता र सिद्धान्तको प्रचारसम्म हुन सकेन । हामी किन यो अभियानमा सक्रिय बन्दैछौं भन्ने कुरा प्रष्ट गर्नै पाइएन । राजनीति भनेकै अवसरको खेल हो भन्ने बुझाइ बोकेका हाम्रै मान्छेहरूले यस पार्टीको खास उद्देश्य बुझिदिनुभएन, बरू कति साथीहरूले सके गतिलो पदका लागि मोलमोलाइ गर्नुभयो, होइन भने “अर्कै” लाई सघाउने काम गरिदिनुभएकोले हामीमा फूट देखियो र हामीले ‘एक सीटे’ चुनावी परिणाममा खुम्चिनुप¥यो । तापनि, व्यक्तिगतरूपमा भन्ने हो भने म सो परिणामप्रति बिचलित छैनँ । मूल्यमान्यता एवं सिद्धान्त अँगाल्ने सवालमा हामीबाट जुन किसिमको बालापन अहिले पनि प्रदर्शन भैरहेको छ, त्यही अवस्था हामीमा कायमै रहेकोबेला धेरैवटा सीट पाएको भए समग्रमा हामी बाँकी अरू दलहरूभन्दा फरक चरित्रमा उभिएका छौं भनेर पुष्टि गर्न हम्मे पर्ने थियो, हामीले चुनाव जित्थ्यौं तर ‘साक्षी प्रदर्शन’को सवालमा हामी सायद उठ्नै नसक्नेगरी पछारिइने थियौं, हामी चुक्ने सम्भावना प्रबल बन्थ्यो । अहिले पार्टी अध्यक्ष तथा माननीय लोकमणी ढकालमाथि मुख्यतः एकबुँदे जिम्मेवारी सुम्पिइएको छ, उहाँलाई पार्टीले अँगालेका मूल्यमान्यतामा टिकिरहन सचेत तुल्याइएको छ । हामी सकेजति गर्दै नै छौं, सुस्त देखिइएका छौं, तर अल्छी बनेका होइनौं । म आÇनै कुरा गरूँ, मेरो परिवार धान्ने र आÇनो र छोरीहरूको पढाइखर्च जुटाउने कर्तव्यलाई कसैगरी निरन्तरता दिँदै महिनाको एकपल्टसम्म आÇनै खर्चमा काठमाण्डौ उपत्यकाबाहिर पुग्ने प्रयास गरिरहेकै छु ।
पार्टीको केन्द्रीय समितिकै कति नेताहरू पार्टी छाडेर बाबुरामको पछि लागेछन् नि ? जनजागरणमा भन्दा नया“ शक्तिमा बढी सम्भावना देखेर हो ?
संख्याकै कुरो हो भने पाँचजनाले पार्टी छोडेका हुन् । यद्यपि उनीहरूले साथ छाडेकोमा खीन्नता छ, तर योगदानका दृष्टिले उनीहरूले पार्टी छाडेकोमा कत्ति पनि घाटा भएको छैन । ढोडको तोक्माझैं थियो उनीहरूमध्ये केहीको उपस्थिति, पार्टीलाई नियमित लेबीसम्म नबुझाउने मान्छेहरूले पार्टी छाड्दा हल्ला चलेजस्तो हामीलाई नोक्सानी भएको छैन । अर्को कुरा, माथि भनिएझैं भयो— उनीहरूलाई दर्शन सम्झाउने, मूल्यमान्यताहरू सुझाउने र पार्टीपंक्तिमा बलियो बनाउने काममा म असफल भएँ । आस्तिक चरित्र र मर्यादामा उनीहरूलाई अड्याइराख्न नसकिएको अनुभूति मलाई भैरहेको छ (उनीहरू नास्तिक नेतृत्वका फेरमा झुण्डिन पुगे)। फेरि, अर्कैले जुटाइदिएको प्रावधानमा रमाउने अभिलाषा बोकेको मान्छेले आफैं परिश्रम गर्ने जाँगर देखाउँदैन । पूर्वप्रधानमन्त्रीले चलाएको अभियानमा ठूलो सम्भावना देख्नु त्यही कुराको प्रमाण हो । त्यहाँभित्रको रडाको कति होला, सोधे पुग्छ । एउटै विश्वास र सिद्धान्त अँगाल्छौं भनिएकाहरूसितै मिल्न नसक्ने साथीहरू ती दसदिशाबाट जुटेका विभिन्न मान्यता, चाहना र अभिलाषासहित जुटेका मानिसहरूको भीडमा कति धेरै निस्सासिइरहनु भएको छ भन्ने म कल्पनामात्रै गर्छु ।
लोकमणि ढकालले पार्टी चलाउन सकेन भन्नेहरू साँचो बोल्दैछन् कि झूट ?
जनजागरण पार्टी नेपालको अवधारणा निर्माण गर्दैगर्दा नेपाली राजनीतिलाई निरन्तर गलत गन्तव्यतिर घिसार्ने समस्या साँच्चिकै पहिचान गरिएको थियो — देशमाथि राजनीतिक दलहरूको रजाइँ र दलमाथि नेताको रजाइँ । त्यसैलाई सही र दीर्घकालीनरूपमा सम्बोधन गर्नका लागि हामीले यसको संरचनामा विशेष ध्यान दिएका छौं । हाम्रो पार्टी समान दर्शनयुक्त, प्रतिबद्ध, अनुशासित र परिश्रमी टोलीद्वारा सञ्चालित हुन्छ । त्यस अर्थमा जनजागरण पार्टी नेपालमा लोकमणी ढकाल कि बि.पी. खनाल कि अर्को कुनै ‘नाम’को खासै महत्व रहँदैन । यो दल सामुहित नेतृत्वमा चल्छ । तर, हामीले “सबै कान चिरेका” भन्ने पूर्वाग्रहलाई चिर्न नसकेको कारण प्रायः यही प्रश्नको सामना गरिरहनुपरेको छ । त्यसकारण विद्यमान राजनीतिको प्रवाहमात्रै बुझेकाहरूले लोकमणीले पार्टी चलाउन सकेन भन्दैगर्दा उनीहरूकै भनाइमा सही देखिएको होला, तर उनीहरूले पार्टीको वास्तविक संरचना बुझेका छैनन् । अनि, हाम्रा कमीकमजोरीहरू औल्याइदिँदै हामीलाई सही मार्गमा हिँडेको र सफल बनेको देख्ने चाहना नराखिकन बोलिरहेका हुन् भने त्यसमा कत्ति पनि सत्यता छैन ।
संगठन विस्तार गर्ने, भातृ संगठनहरू निर्माण गर्ने काम किन नगर्नुभएको ?
हामी जसको प्रतिनिधित्व गर्दै राजनीति गर्छौं भनिरहेका छौं, त्यही समुदायमा राजनीतिक चेतना कमजोर छ । हामीले आÇनो विश्वास प्रदर्शन गर्दै यसलाई परमेश्वरको मिसनका रूपमा उपयोग गर्नुको महत्व अझै बुझ्न–बुझाउन सकिरहेका छैनौं । मुलुकभर संगठन विस्तार र भातृ–आ·िक संगठनहरू निर्माण गर्ने काममा हामीसामु प्रष्टतः तीनथरी चुनौति तेर्सिएका छन्, पहिलो, सुझबुझ र विश्वासको अभाव । दोस्रो, दर्शनयुक्त मानिसहरूको अभाव । अनि तेस्रो, आर्थिक अभाव पनि । यी तीनवटै अभावहरू झेल्दै हामी निरन्तर प्रयासमा जुटिरहेका छौं । मैले भन्नै पर्ने तीनबुँदे जवाफ पनि यी हुन्ः १) (मेरो प्रार्थनासहितको अपील) कम्तीमा पनि हाम्रो यस अभियानलाई विश्वास गरियोस् । “सबै उस्तै हुन्” भन्न छाडेर हामीलाई सोधियोस्, हाम्रो दर्शन र विश्वास बताउने मौका दियोस् । हाम्राबारे, हामीले बिताएको जीवन र हासिल गरेका उपलब्धी वा हामीले गरेका गल्ती–कमीकजोरीबारे बाइबलसम्मत चर्चा गरियोस् र सुधारको मौका दिइयोस् । २) हाम्रो विश्वासको घरानाकै एउटा ठूलो जमात पहिले खडा भैदियोस्, जसले आÇना मान्छेहरू (नेपाली), आÇनो माटो (नेपाल देश) र आÇनो मूल्यमान्यता (विश्वासको साक्षी) स्थापित गर्ने अदम्य दर्शन बोकेका छन्, जो नेपाल र नेपालीको सेवामा आफूलाई परमेश्वरका सेवकझैं समर्पित भैदिन तयार छन्, जो राजनीतिलाई समस्त मानव जीवनलाई निर्देशित गर्ने शक्तिका रूपमा बुझ्छन् र त्यही शक्तिको उपयोग गर्दै नैतिक, न्यायी र सेवकीय उदाहरण प्रदर्शन गर्न तयार भैदिन्छन् । यस्ता देशप्रेमी मानिसहरू जुरूक्क नउठेसम्म पार्टीको संगठन विस्तारको काम फितलो नै भैरहने छ । ३) मेरा यी दुई चाहनाहरू पूरा हुने क्रम शुरू हुँदैमा पनि यो अभाव टर्नेछ । अर्थात्, हामीप्रति उदार र विश्वस्त तथा बाइबलीय चरित्र प्रदर्शन गर्ने प्रतिबद्धता सहितका सहकर्मीहरूको साथ हामीले पाउने हो भने पार्टीले आर्थिक सड्ढट झेल्नै पर्दैन ।
अहिले नेपालका ख्रीष्टियनहरूमाथि दमन भैरहेको छ, यस्तो अवस्थामा पार्टीको भूमिका के हुने ?
जनजागरण पार्टी नेपालसित आबद्ध कुनै पनि व्यक्तिले अल्पसंख्यक, सीमान्तकृत, कमजोर र शोषित–प्रताडित मानिसहरूको सेवामा प्राथमिकता तोकेको हुनुपर्छ । खाँचोमा परेकाहरूको सेवा गर्ने तत्परता देखाउनु ख्रीष्टलाई पछ््याउँछु भन्ने हरेक मानिसको मुख्य कर्तव्य नै हो । हामी ख्रीष्टका अनुयायी भएको नाताले त्यो कर्तव्यबाट पछि हट्ने कुरो आउँदैन । त्यसकारण सामाजिक, आर्थिक तथा राजनीतिकरूपमा दमन भोगिरहेका मानिसहरूको साथमा उभिइने कामबाट हामी पछि सर्ने छैनौं । त्यसमाथि पनि आÇनै समुदायमाथि दमन आइलाग्दा हाम्रो भूमिका स्वाभाविकरूपमा बढ्ने छ । यद्यपि हामीले ‘ख्रीष्टियन’ मात्रै नभनेर समग्रमा बञ्चित र बहिस्किृत तुल्याइएका सबै नेपाली नागरिहकहरूको पक्षमा आवाज उठाउने नै छौं । मुलुकमा धार्मिक चौतारी नेपाल, रिलिजियस लिबर्टी फोरम, मानव अधिकारको अध्यावधिक समीक्षा (यु.पी.आर.) जस्ता धार्मिक स्वतन्त्रताको पक्षमा सञ्चालन गरिएका विभिन्न गतिविधि तथा अभियानहरूको नेतृत्वमा रहेर म आफैंले निरन्तर काम गरिरहेको कुरा पनि म जोड्न चाहन्छु, जसमा अन्य धार्मिक समुदाय, राजनीतिक दल तथा नागरिक समाजहरूको साथ लिने काम पनि हामीबाट भैरहेको छ ।
तपाईं अहिले पार्टीको काममा एकलै कुदिरहनुभएको देखिन्छ । पार्टीको अध्यक्षको पार्टी संगठनमा खासै भूमिका देखिएको छैन । वास्तविक कुरो के हो ?
कुद्ने काममा पार्टीआबद्ध सबै साथीहरू उत्तिकै खटिइरहनुभएको छ । कतै मेरो नाममा बढी चर्चा भएको छ भने पनि अन्यथा लिनुपर्दैन । पार्टी अध्यक्षजी कतै पुग्दा उहाँलाई राज्यको प्रतिनिधिका रूपमा ‘राजनीतिक सेलिबे्रटी’ बनाइएको हुनसक्छ । तरैपनि हामी पुगेका ठाउँहरूका पार्टीको प्रचारकार्य तथा जनसम्पर्क बढाउने काम भैरहेको छ । आर्थिक अभावको कारणले हामी कहिलेकाहिँ अरू नै संस्था वा अभियानका बुइचढेर पनि कति ठाउँमा पुग्नुपरेको छ (बुइ चढाउनेहरू धन्यवादका पात्र हुनुहुन्छ)।
अबको रणनीति के हो ? फेरि पनि पाष्टरहरूलाई नै थपना गर्ने कि जुझारू युवाहरूलाई केन्द्रीय समितिमा ल्याउने हो ?
थपना कसैलाई पनि नगर्ने । पाष्टरहरूलाई हामीले कमै उत्साह दिने गरेका छौं, तापनि आÇना मण्डलीको सेवामा कुनै किसिमले क्षति नपुग्नेगरी उहाँहरूले पार्टीपंक्तिमा जुटेर नेतृत्व लिन सक्नुभयो भने हामीले दूरूत्साहित गर्ने कुरो पनि भएन । साँच्चै भन्नुपर्दा लामो समय मण्डलीको सेवामा अनुभव बटुलेका, विश्वासको साक्षीका लागि निरन्तर अग्रपंक्तिमा सक्रिय रहनुभएका हाम्रा अगुवाहरूलाई अब मुलुकको उपल्लो तहमा रहेर सेवा गरेको रहर हामीमा छ । यसरी हामीले भन्दैगरेको मूल्यमान्यता राजनीतिमा स्थापित हुनसक्ने छ । यसका साथै जुझारू युवाहरू हाम्रो प्राथमिकतामा पर्छन् । संगठनको काममा युवा पिंढी नै सक्रिय भैदिएन भने हामी फेरि पनि कमजोर नै ठहरिइन्छौं । तापनि संगठनमा कसले के जिम्मेवारी लिने भन्ने कुरामा स्थानीय तहमा नै निर्णय हुनुपर्छ भन्ने मान्यता हाम्रो हो, केन्द्रबाट तोकिपठाउने काम हुँदैन ।
राजनीतिमा भ्रष्टाचार हावि छ । तपाई कसरी आफूलाई अलग्ग राखेर बाँच्न सक्नुहुन्छ ?
राजनीतिमा भ्रष्टाचार छ, त्यसकारण त्यहाँ जानेहरू सबै भ्रष्टाचारी बन्नुपर्छ भन्ने सोच कसैमा भए त्यसलाई गलत साबित गरेर देखाउने रहर छ मसित । मैले मेरो घरमा मेरी पत्नी र छोरीहरूसित, मेरो मण्डलीमा मेरा अगुवा र विश्वासीहरूसित, अनि मैले काम गर्ने ठाउँका सहकर्मीहरूसित आर्थिक पारदर्शिता तथा इमान्दारिता प्रदर्शन गर्न चुकेको छैन भने मलाई राजनीतिमा लागेर सेवा गर्छुभन्दा शड्ढा नगरियोस् । नैतिकता भन्नेकुरा सार्वजनिक तहमा मात्रै होइन, त्यो नितान्त व्यक्तिगत तहमा झनै बढी लागू हुनुपर्छ । मान्छे आफू र आÇनै घरपरिवारसित इमान्दार छैन भने उसको नैतिकता स्तर कमजोर हुन्छ । उदाहरण दिऊँ, बजारबाट १०० रूपियाँको सौदा किनेर घर पुग्दैगर्दा श्रीमतीलाई त्यसको २०० दाम बताएर थपिएको रू. १०० कमिसन खाने मान्छेलाई पनि म भ्रष्टचारी नै मान्छु । “तिमीलाई जे दिइएको छ, त्यसैमा सन्तुष्ट बस” भन्ने आज्ञा नमानेर बढी स्रोत र सुबिधा खोज्नेहरू सबै भ्रष्टाचारी हुन् । म यी झिनामसिना देखिइने कुराहरूमा इमान्दारीता कायम राख्ने प्रयास गरिरहेको छु, र भरोसा छ, भोलि ठूलो जिम्मेवारीमा पुग्दा पनि विश्वासयोग्य भएर बाँच्न मेरा परमेश्वरले सहायता गर्नुहुनेछ ।
तपाईंको जीवन धान्ने आयस्रोत के हो ?
यो प्रश्न पनि सोधिदिए हुन्थ्यो भन्ने मलाई लागेकै थियो । किशोर अवस्थामा म झापामा कृषि पेशामा थिएँ । वर्षभरि खान हम्मे हुन्थ्यो, दुःखका दिनहरू झेल्दै मैले मेरा भाइहरूलाई हुर्काउनमा आमालाई साथ दिएँ । युवा अवस्थामा म उच्चशिक्षा आर्जनकै लागि भनेर काठमाण्डौ पसेँ, यहाँ पनि शुरूमा आÇनै र पछि परिवार धान्ने शिलशीलामा मान्छेहरूले ‘सानो’ भन्दिएका कामहरू गर्न अग्रसर भएँ । २०४७ सालमा म प्रभुको मण्डली (हाल तीनकुने, काठमाण्डौ) को पहिलो सदस्य र अगुवा पनि बनेँ, उसबेलादेखि पहिले झापामा हुँदा गरिएको सामाजिक सेवाको कामले फेरि निरन्तरता पाउँन थाल्यो । त्यसपछिका ४ वर्षसम्म मण्डलीको पूर्णकालीन सेवक, अनि सिकारू अनुवादकका रूपमा काम गर्न थालेँ । अनुवादकको काम नै अहिलेसम्मको मेरो दीगो पेशा हो । मैले २०६२–०६५ बीच अध्ययनको क्रममा बिताएका तीन वर्षबाहेक अहिलेसम्ममा २०० भन्दा बढी पुस्तकहरू अनुवाद गरिभ्याएको छु । कहिलेकाहिँ अलि राम्रै स्केलमा पारिश्रामिक हातपार्छु, त्यसले परिवार चल्छ र ठूलो कुरा आफूभन्दा कमजोर आर्थिक अवस्थाका, आपत्मा परेका र अलपत्र मानिसहरूका लागि सकेको सहयोग दिन म जहिल्यै अघिसर्छु, त्यसैमा म परिवारसहित आनन्द मनाउँछु । त्यही भएर पनि हो, भरे के खाने भन्ने चिन्ताबाट परमेश्वरले हामीलाई मुक्त राख्नुभएको छ । मैले अरूको आर्थिक प्रगतिमा डाह गर्न सिकेको छैनँ, छोटो उपायगरी धेरै कमाउने लोभमा पनि म फँसेको छैनँ । मैले धेरै उतार चढाव भोगेको छु । नेपाली मण्डलीको सेवा गर्छु भनेर लाग्दा आर्थिकरूपमा धरासायी पनि बनेको छु । काठमाण्डौमा मेरो कमाइको जग्गाजमीन छैन, घर पनि छैन । तर जीवन अभावमा छटपटिएको छैन, परिवारमा शान्ति छ, सुख छ । मलाई यही मनग्गे पुगेको छ ।
ख्रीष्टियनहरूकै पक्षमा लड्ने भन्दै अर्को पार्टी पनि खडा हुँदैछ भन्ने सुनियो । ती मानिसहरू जनजागरण पार्टीमा अँटाउनै नसक्ने भएका हुन् कि कसैको व्यक्रिगत इगोमात्र हो ?
अहिलेको दलीय राजनीतिमा ख्रीष्टियन सहभागीताको प्रश्न निकै अष्पष्ट, अर्घेलो र असहिष्णुसमेत देखिएको छ । मुलुकको राजनीतिक इतिहासमा मानवीय नैतिकता, साँचो राष्ट्रवाद र लोककल्याणका लागि आदर्श समाजवाद स्थापनाका लागि समर्पित जनजागरण पार्टी नेपालबारे सामान्य सोधखोज नगरी हामै्र मानिसहरूले “छुट्टै” अभियान थाल्दै गरेको समाचार मैले पनि सुनेको छु । मैले व्यक्तिगतरूपमा उहाँहरूसित सम्पर्क गर्ने प्रयास पनि बढाइरहेको छु । मलाई लाग्ने कुरो यति हो, उहाँहरूसित हामीप्रति एककिसिमको भड्काउ छ, अविश्वास छ, इगो पनि छ । यदि त्यही कारणले छुट्टै प्रयास थालिएको हो भने म के भनौं ? तर होइन, मुलुकका लागि हामीले भन्दै गरेजस्तै साँचो योगदान दिन्छु भन्ने अभिप्राय नै भएर पनि हामी बेमेलमा उत्रिएका हौं भने त्यसको परिणाम कसैको पक्षमा असल हुने छैन । त्यसकारण म यसै पत्रिकामार्फत् इमान्दार स्पष्टोक्ति जाहेर गर्छुः नेपाल देश र विश्वराजनीतिमै बाइबलीय मूल्यमान्यताको बहाली गर्दै मुलुकलाई सुन्दर, शान्त र समृद्ध देश बनाउने साँचो चाहना हो, त्यही दर्शन परमेश्वरबाट पाएको हो र इमान्दार राजनीतिक सेवक बनी राष्ट्रको सेवा गर्ने अठोट हो भने जनजागण पार्टी नेपाल त्यही उद्देश्यमा समर्पित छ । यदि सानातिना पदमा बस्दा मनले मान्दैन र ठूलै पद पाए गर्छु भन्ने आग्रह हो भने पनि हामी भनेजस्ता पदहरू खाली गरिदिन तयारै छौं । यदि मुलुकको साँचो उन्नतिको दर्शन हो भने हामी उहाँहरूलाई नै हाम्रा नेता मानेर सेवा गर्न तयार छौं । साँच्चिकै एकताका लागि तयार भएरै “बार्गेनि·” का लागि त्यो प्रयास गरिएकै हो भने पनि हामी मूल्य चुकाउन तयार छौं । तर एकतामा ठूलो शक्ति छ, एकता हुनुपर्छ भन्दै कतै बोलिरहनुभएको छ र जससित एकता गर्नुपर्ने हो उसैको विरोधका लागि फगत आधारहीन आक्षेपहरू बक्दै हिँड्ने र “मैले भए सबै ठीक, नभए कसैले नपाओस्” भन्न खोजिएको हो भने हामीले मैदान खाली गर्दिने कुरो आउँदैन होला त, के गर्ने ?
नेपालका ख्रीष्टियनहरूले जनजागरण पार्टी नेपाललाई किन भोट हाल्नुपर्ने ?
भोट त जसले पनि हाल्ने छन्, जब हामी बाइबलको चरित्र प्रदर्शन गर्ने हिम्मत साथ कमजोरहरूको पक्षमा उभिएका छौं भन्ने तथ्य जाहेर हुन्छ, हामीलाई नेपाली जनताले अत्याधिक बहुमतले जिताउँछन् । देशले इमान्दार, नैतिकवान, राष्ट्रप्रेमी दर्शनयुक्त नेताको खोजी गरेको धेरै भयो । राजनीतिक शक्तिको दूरोपयोगका कारण मुलुक धरासायी बन्दैछ, हाम्रो दैनिक जीविकाको सवालमा राजनीतिले दूर्गन्ध फैलाइरहेको छ, देशको ठूलो शक्ति र स्रोत विदेश पलायन हुन बाध्य छ, जान्नेबुझ्नेहरू पनि निराशामा डुब्दैछन् । यस्तो अवस्थालाई सहीरूपमा उठाउन सक्ने शक्ति सायदै अन्त कतै पाइएला । हो, यही विषम स्थितिमा हामीलाई परमेश्वरले राजनीतिको दूषित (निर्जन) मैदानतिर डो¥याउँदै हुनुहुन्छ, जीवनको वचन बोलेर सुख्खा र निर्जन स्मसानलाई जीवित तुल्याउने शक्ति हामीसित मात्रै त छ । त्यसकारण राष्ट्रका निम्ति त्यो बैकल्पिक शक्तिको पहिचान हुनमात्रै मुस्किल परेको हो, एकदिन राजनीतिको इतिहासमै नदेखिएको अपार जनसमर्थन हाम्रा काँधमा बिसाइने छ । त्यो दर्शन सबैले देख्न सकौं ।
धन्यवाद ।
Comments