Recent Interview to Mahapratibad Weekly with Gideon Lamichhane
बि.पी. खनाल २०२५ साल भदौ ३ गते बाहुनी बजार, मोरङमा बुवा हरिप्रसाद खनाल र आमा सरस्वता खनालको कोखबाट जन्मनु भएको हो । उहाँले त्रिभुवन विश्व विद्यालयबाट जनसंख्या शिक्षा र राजनीति शास्त्र र पूर्वाञ्चल विश्वविद्यालयबाट आमसञ्चार तथा पत्रकारितामा स्नातकोत्तर, इन्टरनेशनल ग्राजुएट स्कूल अफ लिडरसिप, मनिलाबाट एम.डीभ. अनि हाल भारतबाट “सर्वाड्डीण विकास” विषयमा विद्यावारिधी सोधकार्य गर्दै आउनु भएको छ । १३ वर्षको किशोर अवस्थादेखि २२ वर्षको युवावस्थासम्म तत्कालिन नेकपा (माले) मा संलग्न भई झापाको पूर्वीदक्षिण इलाकातिर राजनीतिक काम गर्नुभएको थियो । राजनीतिक पत्रकारिता २०४१ देखि २०४६ साल सम्म गर्नु भएको थियो । तत्कालिन वन सुदृढीकरण आयोगका अध्यक्ष स्व. द्रोणाचार्य क्षेत्रीको नजिक रही अनौपचारिक स्वकीय सचिवसमेतको जिम्मेवारी बहन गर्नुभएको थियो । २०४८ सालसम्म विद्यार्थी राजनीतिमा सक्रिय खनाल त्यसपछि २०७० सालसम्म दलीय राजनीतिबाट अलग्ग रही स्वतन्त्र अध्ययन र लेखनको क्षेत्रको काममा रहनु भएको थियो तर देशमा संविधानसभाको चुनाव हुने भएपछि उहाँ फेरी २०७० सालदेखि राजनीतिमा सक्रिय रहँदै आउनु भएको छ । हाल उहाँ जनजागरण पार्टी नेपालको महासचिवको पदमा रही नेतृत्वदायी भूमिका निर्वाह गर्दै आउनु भएको छ । नेता बि.पी. खनालसँग समसामयिक राजनीतिक विषयमा केन्द्रित भई महाप्रतिवाद राष्ट्रिय साप्ताहिक पत्रिकाले गरेको अन्तवार्ता प्रस्तुत गरिएको छ (from Gideon Lamichhane's Mahapratibad National Weekly Daily, Webpublished on 5th December 2016)
१) वर्तमान राजनीतिक परिस्थितिलाई कसरी मुल्याङकन गरिरहनु भएको छ ?
नेपालको राष्ट्रिय राजनीति शदिऔंदेखि दिशाहीन छ । मुलुकले दर्शनयुक्त, इमान्दार र सेवकीय चरित्रको नेता खोजिरहेको छ । यहाँ राजनीतिको नाममा सधैंभरि सीमित वर्गको फलिफाप गराउने काममात्रै भैरहेको छ । राजनीतिमा ‘साम, दाम, दण्ड, भेद’ चल्छ भन्ने मान्यताले खूबै महत्व पायो । इमान्दारिता, नैतिकता र लोककल्याणजस्ता विषयलाई राजनीतिमा जहिल्यै दबाएर राखियो । ब्राम्हणवादी मानसिकताबाट ग्रसित विभेदकारी व्यवहारले समस्त राजनीतिलाई एकात्मक तुल्याइयो । अपठित, कमजोर, विपन्न, अल्पसंख्यक र परिश्रम गर्ने मानिसहरूलाई दमन गरेर उनीहरूमाथि अन्यायपूर्ण व्यवहार निरन्तर कायम राखियो । विश्वराजनीतिले अचाक्ली फड््को मारिसक्दा तिनीहरूका नजरमा आफूलाई बडो उदारवादी देखाउन हस्ताक्षर गर्नेबाहेक अहिले पनि देशको राष्ट्रिय राजनीतिमा फगत्् कागजी परिवर्तनहरू ल्याइए, राजनीतिक दर्शन, चरित्र र व्यवहार झनै पतनोन्मूख बनिरहेको छ । हो, यिनै यावत्् कारणले नेपाली राजनीतिमा एउटा ‘मसीहा’को चाहना गर्न थालिएको धेरै भयो । मुलुकको समग्र उत्थान, सेवा र विकासका लागि समर्पित निष्ठावान र राष्ट्रवादी मानिसहरूले त्यो बिकल्प दिनुपर्ने भएको छ । खराबी अचाक्ली बढ््दै जानुमा खराब मानिसहरूको सक्रियता भन्दा पनि असल मानिसहरूको मौनता कारक बन्छ भन्ने तथ्य यहाँ साबित भैसकेको छ ।
२) धर्मको आडमा राजनीति गर्न खोज्नुलाई कसरी लिनु हुन्छ ?
कुनै पनि क्षेत्र वा समुदायको नाममा राजनीति गर्ने कुरो शुरूमा ‘पहिचानको प्रयत्न गरिएको रूपमा लिइएला, तर सो उद्देश्यमा गरिएको राजनीति दीगो जाँदैन, कि त त्यस प्रकारको राजनीति गर्नेहरूले सोही क्षेत्र वा समुदायको लागि प्रतिनिधित्व गर्ने बहानामा आफूलाई सधैंभरि त्यही स्थानमा टिकाइराख्न अनेक कोशिस गर्नेछन््, होइन भने त्यो प्रयास केही समयपछि आफैं बिलाएर जान्छ । सीमित, जाति, धर्म वा क्षेत्रको पक्षमा वा विपक्षमा राजनीति गर्दा सम्बन्धित व्यक्ति वा उसको दललाई क्षणिक लाभ हुनसक्ला, तर कालान्तरमा त्यो सम्बन्धित क्षेत्र वा समुदायको निम्ति जोखिमपूर्ण ठहर्छ । धर्मको आडमा गरिइने राजनीति सामयिक प्रतिनिधित्वमा सीमित नहुने हो भने त्यसले त्यही धर्म–समुदायमाथि अभिषाप निम्त्याउने सम्भावना बढी हुन्छ ।
३) तपाई आबद्ध भएको पार्टीलाई पनि ख्रिष्टियनहरुको पार्टी भन्छन्् वास्तविकता के हो ?
जनजागरण पार्टी नेपाल वास्तवमै धार्मिक प्रवृत्तिलाई महत्व दिएरै स्थापना गरिएको हो । यो धर्मशास्त्रमा आधारित मानवीय नैतिकता प्रबद्र्धन गर्ने, धार्मिकतामा विश्वास राख्ने र शान्ति, सत्य, न्याय एवं सेवामा समर्पित मानिसहरूलाई परस्पर उत्तरदायित्वमा रहेर सामाजिक रूपान्तरण गर्ने लक्ष्यमा प्रतिबद्ध रहनेछ । हामी धार्मिक प्रवृत्तिका वा इश्वरको अस्तित्व स्वीकार गर्ने तथा आफूले गर्ने कुरा र काममा इश्वरको भय मान्ने मानिसहरूलाई मात्रै सदस्यता प्रदान गर्छौं । हामी धार्मिक विश्वास र चरित्रलाई व्यक्तिको योग्यता मान्छौं । यो मुलुकलाई “सुन्दर, शान्त र समृद्ध” देख्ने दूरगामी दर्शनसहित स्थापित राष्ट्रिय पार्टी हो, जसमा इश्वरको भय मान्ने सबै (जुनसुकै धर्म मान्ने) मानिसहरू अटाउन सक्छन्् । ख्रीष्टियन मतका मानिसहरूको बाहुल्यता देखिएको कारण यसलाई ख्रीष्टियन पार्टी भनिएको हुनसक्छ । तर ख्रीष्टियनहरू मिलेर कुनै व्यवसाय गरिएको भए त्यो व्यवसाय आफैंमा ‘ख्रीष्टियन’ हुन्छ त ? त्यसैगरी जनजागरण पार्टी नेपाल आफैंमा ‘ख्रीष्टियन पार्टी’ होइन, भलै यसको नेतृत्वमा ख्रीष्टियन व्यक्तित्वहरू छन््, जसले आफ््नो विश्वाससित जोडिएका जुनसुकै कुरालाई पहिलो महत्व दिनु स्वाभाविक हन्छ । त्यसैकारण ख्रीष्टियन सरोकारका विषयहरूका पार्टीले निकै हदसम्म काम गर्दैआएको पनि सत्य हो । अर्थात्् हाम्रो पार्टीमा सम्पूर्ण राष्ट्र निर्माण गर्ने लक्ष्यमा समर्पित ख्रीष्टियनहरू छन््, जसले आफ््नो विश्वासमा सम्झौताहीन जीवन जिउने छन्् भन्ने विश्वास गरिएको छ । साँचो कुरा, ख्रीष्टियनलगायत हिन्दू, मुस्लिमहरू पनि सक्रिय नेतृत्वमा छन्् ।
४) धर्मगुरुहरुले राजनीतिको नेतृत्व गरेर हिड््दा धार्मिक युद्ध निम्तिन्छ हो ?
धार्मिक पहिचानसहित समावेशी राजनीतिक प्रतिनिधित्व गर्नु छुट्टै कुरो हो, तर धर्मगुरूहरूमात्रै संलग्न राजनीतिक गतिविधि अकल्पनीयरूपमा जोखिमपूर्ण हुन्छ । यहाँ बहुमतमा रहेको धर्मको नाउँमा राजनीतिक गतिविधि बढाउँदा एकप्रकारको असहिष्णु तरड्ड त्यसै त फैलाइरहेको छ, त्यसै माहोलमा अल्पमतमा रहेका धार्मिक समुदायको पहिचानयुक्त सानो पंक्ति राजनीतिक फाँटमा उभिइँदाको बिस्फोट बिध्वंसात्मक अवश्य हुन्छ । त्यसमाथि ‘धर्मगुरूहरूको आफ््नै जिम्मेवारी हुन्छ, उहाँहरूको जिम्मेवारी ‘धार्मिक’ हो, ‘राजनीतिक’ होइन ।
५) ख्रिष्टियन पार्टीहरु एउटै हुनुपर्छ भनेर स्वरहरु सुन्न थालिएको छ । जनजागरण पार्टी एउटा धर्मको पार्टी होइन भनिरहँदा अन्य ख्रिष्टियन पार्टीहरुबीच एकताको सम्भावना के कस्तो छ ?
‘ख्रीष्टियन पार्टी’ भन्ने शब्दावलीप्रति नै मेरो समर्थन छैन । ख्रीष्टियनहरूमा ख्रीष्टको चरित्र हुन्छ, जो आफ््नो होइन, अरूको सेवाको लागि सदैव समर्पित हुन्छ । ख्रीष्टियनहरूले देशको सेवा गर्न छुट्टै (ख्रीष्टियन मात्रको) दल खोल्नुपर्दैन, हुँदैन पनि । रह््यो कुरो, ख्रीष्टियनहरूले आफ््नो समुदायको पक्षमा राजनैतिक पैरवी गर्ने, त्यसैका लागि ‘नेपाल ख्रीष्टियन समाज’, ‘राष्ट्रिय ख्रीष्टियन महासंघ’ लगायत विभिन्न नामका समाज, समुह वा संस्थाहरू गठन भएका होइनन्् र ? तर राजनीतिक नेतृत्वद्वारा गर्ने अठोट हो भने आफूलाई गैरसमावेसी बनाउनु हुँदैन । त्यसर्थ हामी त्यस आग्रहभन्दा माथि उठ््न चाहन्छौं । राजनीतिमा सहकार्य वा एकता दर्शन, मूल्यमान्यता वा सिद्धान्तका आधारमा हुन्छ । मिल्दोजुल्दो अभियानसित त्यो एकता गर्न हामी जनजागरण पार्टी नेपालको औपचारिक गठन हुनुभन्दा पहिल्यैदेखि तयार छौं भन्नेकुरा अब पनि साबित गरिरहनुपर्छ भन्ने ठान्दिनँ म । त्यसकारण, नेपालको राजनीतिक फाँटमा बाइबलीय मूल्यमान्यतामै टेकेर राजनीति गर्न कस्सिएका साथीहरूसित हामी मिल्दैनौं भनेर कसरी भन्ने । तर हामीले पहिल्यै प्रकाशित गरेका शब्दशब्द नक्कल गरेर र हामीमाथि नै “केही गरेनन््” भन्ने आरोप ओकल्दै पार्टी जुटाउन कस्सिएका ख्रीष्टियन साथीहरूको परिपक्कता चाहिँ हामीले प्रतीक्षा गरेको कुरो हो ।
६) ख्रिष्टमस लगायतका ख्रिष्टियनहरुको चाडपर्वमा पनि सार्वजनिक विदा चाहियो भनेर भरत गिरी र सिबी गहजराजहरु आन्दोलनमा छन्् तपाईहरुको मान्यता के छ ?
विश्वको जुनसुकै मुलुकमा पनि अल्पसंख्यकहरूले बुद्धि नपु¥याइकन चलाएका आन्दोलनहरूले ठूलो र नकारात्मक मूल्य चुकाउनु परेका घटनाहरू छन्् । हामीले श्रेय बटुल्ने अभिप्रायसाथ चलाएका कच्चा अभियानहरूकै कारण पछिल्लो राष्ट्रिय जनआन्दोलनले स्थापित गरेको उपलब्धी तथा अन्तरिम संविधानमा व्यवस्था भैसकेको प्रावधान ‘धर्मनिरपेक्षता’ अहिलेको संविधानमा ‘सनातन धर्मसापेक्षता’ मा खुम्चिएको होइन भनेर ढुक्क बस्न मिल्दैन । त्यसैगरी अहिले हाम्रै साथीहरूले उचालेको चर्को आवाजको कारण ख्रीष्टमस बिदा सदाको लागि टल्ने सम्भावना बढेर गएको छ । हुन त उहाँहरूलाई ‘श्रेय’ लिने ठूलो चाहना छ, तर उहाँहरूको बेमौसमी प्रयासले सामाजिक सञ्जालहरूमा चर्चा बटुलेको होला, त्यसभन्दा बढी हाम्रा विरोधीहरूलाई झनै गतिलो मौका मिलेको छ । हामीले ख्याल गर्नुपर्ने, हामी बेस्सरी कराएको भन्दा तिनीहरूको इसाराको सुनुवाइ गर्न नतमस्तक छ हाम्रो सरकार । फेरि, ख्रीष्टमस बिदा कटौति भएकोमा पहिलेको र अहिलेको पनि सरकारले भूल स्वीकार गरिसकेको छ । सार्वजनिक बिदा घोषणा गर्ने सरकारी प्रकृया हुन्छ, त्यसअनुसार तोकिएको दिनभन्दा चौबिस घण्टा पहिलेसम्ममा मन्त्रीपरिषदबाट निर्णय गराइने चलन छ र ख्रीष्टमस बिदाको पनि प्रकृया त्यही हो । अहिले सडक र चोक–गल्लीहरूमा होहल्ला गर्ने समय होइन, बरू बुद्धिमानीसाथ सम्बन्धित ठाउँमा सही समय पर्खेर आफ््ना माग जाहेर गर्नुपर्ने हुन्छ । यसरी बढी हल्ला गर्दा जसरी चिहानको निम्ति जग्गा प्राप्तिको सम्भावना सेलायो, जसरी धर्मनिरपेक्षताको मर्ममाथि हस्तक्षेपपूर्ण व्याख्या थोपरियो, त्यसरी नै ख्रीष्टमस बिदा पनि सदाको निम्ति टल्न सक्छ । चरीकोटको धरपकड मुद्धामा अन्तरराष्ट्रिय दबाव ओइरोलाग्ने देशमा ख्रीष्टमस पर्वको सार्वजनिक बिदा झनै ठूलो पूर्वाग्रह बनेको छ भन्ने भुल्नुभएन ।
७) जनजागरण पार्टी बिचार र सिद्धान्त नभएको व्यक्तिगत पदीय आकांक्षाबाट स्थापना भएको पार्टी हो भन्नेलाई के भन्नु हुन्छ ?
त्यो टिप्पणी जसले गरेको हो, उसले हामीलाई कहिल्यै चिनेन । हामीलाई विचार र सिद्धान्तमा नचलेको ठम्याउनेले हामीप्रति सतही पूर्वाग्रह पालेको छ । ऊ आफैं डाही बनेको छ वा कसैको लहलहैमा लागेको छ । होइन भने हामीसित सामान्य भेटघाट, विचारविमर्स नगरी कसरी हाम्राबारे त्यति बेतुकी टिप्पणी गर्नुप¥यो र ?
८) अहिलेको संविधानप्रति तपाईहरुको प्रतिक्रिया कस्तो छ ?
अहिलेको संविधान अपूर्ण छ । यो सबै क्षेत्र, पृष्ठभूमि र अवस्थाको मानिसहरूको पहिचान गर्न चुकेको छ । यसले धेरैका आस्थामाथि आक्रमण गरेको छ, धेरैका पहिचान कठोरतासाथ कुल्चिएको छ, धेरैका आत्मसम्मानमा चोट थपेको छ । आशा गर्दागर्दै पनि हामीले समावेसी, वैज्ञानिक र प्रगतिउन्मूख संविधान पाउन सकेनौं । तर संविधान आफैंमा ढुङ्गाको अक्षर होइन, यो बेद, कुरान वा बाइबलजस्तो परिमार्जन गर्न नमिल्ने धर्मशास्त्र पनि होइन । यो देशअनुकुल बन्नुपर्छ, यो बदलिइनुपर्छ । यसले सबै नेपाली नागरिकलाई उत्तिकै सम्बोधन गर्नुपर्छ । त्यसकारण त हामी राजनीतिमा छौं, अहिले हाम्रै भावनामाथि कठोर दृष्टि राख्ने यो संविधान एकदिन हामी आफैंले संशोधन गर्नुपर्छ । हामी त्यही दिनको पर्खाइमा प्रार्थना गर्छौं ।
९) स्थानीय, प्रदेश र केन्द्रको निर्वाचनमा पार्टीले कसरी भाग लिने रणनीति छ ?
सकेसम्म तीनै तहको निर्वाचनको प्रत्यक्षतर्फसमेत उमेदवारहरू खडा गर्ने उद्देश्यसाथ संगठन विस्तारको काम अघिबढिरहेको छ । त्यसका साथै समानुपातिक पद्दतिबाट हुने निर्वाचनमा देशैभरिबाट प्रतिनिधित्व गराउनेगरी प्रयत्न थालिएको छ । यसमा दर्शन र मूल्यमान्यताको दृष्टिले नजिकै उभिइन सक्ने व्यक्ति वा दलहरूसित सहकार्य गर्ने सम्भावनाप्रति हामी सधैं उदार रहन्छौं । चर्चको पूर्णकालीन सेवाको जिम्मेवारीका लागि आउँदो पुस्ताका अगुवालाई तयार गरेर बस्न तयार हाम्रै बयोबृद्ध सेवकहरूलाई समेत हरेक प्रदेशबाट प्रतिनिधित्व गराउने ढङ्गले रणनीतिक संगठन निर्माण गर्ने काम भैरहेको छ ।
१०) मुलुकलाई समृद्ध बनाउने कार्यनीतिहरु के–के छन्् ?
जमीन, जल, जङ्गल र पर्यटन हाम्रो समृद्धिका मूल ढोकाहरू हुन्् । खुल्ला एवं प्रतिश्पर्धात्मक आर्थिक गतिविधिमा आधारित उद्योग र बजारमाथि कानुनीराज्यको प्रत्याभूतिबाट आर्थिक न्याय स्थापित गर्नुपर्छ । विकासमा सामुदायिक सरोकारलाई प्राथमिकता तोक्नुपर्छ । यातायात र सञ्चार सरल, सुलभ र द्रूतत्तर तुल्याउनुपर्छ । कृषि उपजमा सहकारिता लागू हुनुपर्छ । यी सबै क्षेत्रहरूमा प्रत्यक्ष सरोकारवाला जनताको पहललाई उत्साहित तुल्याउनुपर्छ । यिनै कुराहरू जनजागरण पार्टी नेपालले आफ््नो चुनावी घोषणापत्रमा सार्वजनिक गरिसकेको छ । विकास जीवनको पर्याय हो । मानव जीवन जङ्गल (अदन) बाट शुरूभई अत्यन्तै विकसित शहर (नयाँ यरुशलेम) मा पुगेर पूर्ण हुन्छ । आजको गाउँलाई भोलिको सुन्दर शहरका रूपमा हेर्ने दृष्टिकोण प्रबल तुल्याउनका लागि नैतिक, पारदर्शी र प्रगतिशील नेतृत्वको खाँचो हुन्छ, त्यही खाँचो पूरागर्ने नेतृत्व जनजागरण पार्टी नेपालले प्रदान गर्नेछ । हाम्रो दर्शनको सार नै “सुन्दर, शान्त र समृद्ध नेपाल” हो ।
११) जनजागरण पार्टीका जिम्मेवारी अध्यक्ष र महासचिवले मात्रै प्रयोग गर्ने र अरुलाई वेवास्ता गरिएकोले पार्टी छोड््नेको संख्या बढिरहेको छ भन्नेहरुलाई तपाईको जवाफ के छ ?
जनजागरण पार्टी राष्ट्रिय राजनीतिक दल हो, यो हामीले देखेभोगेको चर्चको प्रशासन होइन, न ता कहिलेकाहिँ हामीले संलग्नता जनाउने गरेको एनजीओ हो । राजनीतिक दलमा हजारौं जनाको नेतृत्व चाहिन्छ । तर हालसम्मै हाम्रो देशको राजनीतिमा संलग्न हुने मानिसहरूले यति कुरा अझै बुझ्न सकिरहेको छैनन्् । हाम्रो राजनीति यतिबिघ्न फोहोरी बन्नु, यति धेरै आलोचित बन्नुमा एउटै कारण छ, यसमा व्यक्तिवादी प्रवृत्ति हावी हुनु । हुन पनि वर्षौंदेखि हामीकहाँ देशभन्दा अमुक दल ठूलो, अनि त्यो दलभन्दा त्यसको नेता ठूलो मान्ने गरियो । जुनकुरो हुनुहुँदैन भनी हामी बोल्दैछौं । तर दलमा ‘टिम’को महत्व नबुझेर वा आफूले लिएको खास जिम्मेवारीले माग गरेको योगदान गर्ने क्षमता विकास गर्न नसकेर वा आफ््नो जिम्मेवारीप्रति आफैं इमान्दार बन्न नसकेर केही साथीहरू अर्कैले ओछ्््याइदिएको न्यानो ओछ्््यान रोज्नपुगे । उनीहरूमा क्षमता थियो भने वा आवश्यक ज्ञान–सीप सिक्ने मन थियो भने हामीसँगै रहेर पनि प्रशस्त योगदान दिने सम्भावना छँदैथियो । हाम्रो विधान, मूल्य–मान्यता र सिद्धान्तमा अडिन निकै ठूलो अनुशासन पनि प्रदर्शन गर्नुपर्छ, जुन उहाँहरूले सहन गर्न नसक्नुभएको पनि हुनसक्छ । तर यसमा एक–दुईजनामात्रैले जिम्मेवारी लिए भन्नु आधारहीन मनोवाद हो ।
देशको राजनीति व्यक्तिवादी तथा सीमित मान्छेहरूको कृडास्थल बनेकै कारण मुलुक दिनानुदिन ओरालो लागिररहेको हो भन्ने ठहर गर्दै सशक्त बिकल्पसाथ आफूलाई उभ्याउनका लागि जनजागरण पार्टी नेपालमा सामुहिक नेतृत्वको अभ्यास शुरू गरिएको हो । मलाई विश्वास छ, शिर्षस्थ नेतृत्व तहमा आठ–दशजना मानिसहरूले एकअर्काप्रति उत्तरदायी एवं नैतिकता र पारदर्शितामा प्रतिबद्ध भएर राजनीतिको बागडोर हाँक्न पाउने हो भने, त्यही दिन भ्रष्ट आचरण यस क्षेत्रबाट लखेटिइन्छ । तथापि म इमान्दारीसाथ स्वीकार गर्छु, हामी सोचेजस्तो टिम बनाउन सकिरहेका छैनौं । जब हामी त्यो टिम निर्माण गर्छौं, त्यही दिनउसो हाम्रो काँधमा देश जिम्मा लाग्नेछ । किनभने मुलुकले विकल्प खोजिरहेको छ ।
१२) भरत गिरीको आमूल परिवर्तन ख्रिष्टियन पार्टीको विषयमा तपाई जानकार हुनुहुन्छ, वास्तविकता के हो ?
भरत गिरीलाई केही वर्षदेखि चिन्छु । उनी मुलुकमा आमूल परिवर्तन देख्ने चाहना भएका व्यक्ति हुन्् । उनले यसअघि पनि राजनीतिक अभ्यास गर्न खोजेका हुन्् । हामीले दिएको सल्लाह नमानी अघि बढ््दा उनले ठूलै दूर्घटना भोगिसकेका छन्् । उनको त्यो राजनीतिक प्रयत्न आपराधिक गतिविधिमा पुगेर टुङ्गिएको धेरै भएको छैन । केही साथीहरूले जेल भुक्तान गर्नुपरेको छ । भरत गिरीको पार्टीको नाममा ‘ख्रीष्टियन’ शब्द जोडेर जुन चर्चा बटुल्न खोजिएको हो, त्यो आफैंमा घातकसिद्ध हुन्छ भन्ने टिप्पणी धेरैले गरिरहेका छन्् । यद्यपि राजनीतिक दलले यस्तो नाम राख्नै हुन्न भन्ने होइन, तर अल्पसंख्यक, उपेक्षित, प्रताडित अवस्थामा रहेको सिङ्गो समुदायलाई नामकै कारणले घिसार्ने काम बहादुरी होइन, बरू मूर्खतापूर्ण ठहरिन सक्छ भन्नेमा म पनि सहमत छु । त्यही नामको कारण नेपाली मण्डलीमाथि राजनीतिक सतावट आइलाग्यो भने त्यसको जिम्मेवारी कसले लिने भनी धेरैले प्रश्न उठाएका छन्् । तर यो टिप्पणी हदैसम्म सतही छ । खास कुरा त अहिले पनि सँगै मिलेर काम गरौं भन्ने हाम्रो बारम्बारको प्रस्तावको उपहास गर्दै उनी नयाँ पार्टी दर्ता गरेको हल्ला चलाउँदै देश दौडाहा गर्दैछन््, त्यसको खास तात्पर्य बुझ्नुपर्छ । बिकृत राजनीतिको पुरानो चलन, नेता बन्न हतारमा भएका मान्छेहरू आवश्यकभन्दा बढी हल्ला चलाएर ख्याति कमाउन खोज्छन्् । भरतजीहरूले गरेको पनि त्यतिमात्रै हो । पहिलो कुरा त उनको पार्टीले औपचारिक दर्ता पाएको होइन । दोस्रो, अहिले अकस्मात्् चर्चा बटुल्दैगर्दा जोजतिले प्रतिवाद गरिरहेका छन््, तीसबैकहाँ भोलि उनी “लौ हामीले नाम बदल्यौं, अब समर्थन्् गर्नूस््” भन्दै आउनेछन्् । त्यसबेला व्यक्ति, उसको पृष्ठभूमि र उसको क्षमता गौण बनिसकेको हुनेछ भन्ने अनुमानका आधारमा यो गरिएको होइन भन्न सकिन्न । भरत गिरी आफ््नो क्षमताभन्दा बढी भावनामा केन्द्रित बन्छन््, आफूले गरेमात्रै ठीक हुने आग्रहमा उनी घरिघरि बहकिन्छन्् । त्यही भएर उनी अरूलाई पत्याउन तयार हुँदैनन्् । त्यो नै उनको कमजोरी हो । कमजोरी हामीमा पनि प्रशस्त छन््, हामीले पनि सुधार्दै जानुपर्ने कुराहरू प्रशस्तै छन्् । साँचो कुरा, धेरैजना कमजोरहरू एकै ठाउँमा खडा हुन सके त्यो अपराजयी शक्ति बन्ने थियो । तथापि मलाई विश्वास छ, त्यो समुहले एकताको बिकल्प खोज्नेछैन, बरू मिलेर नै अपेक्षित परिवर्तनका निम्ति योगदान गर्न सकिन्छ भन्ने स्वीकार गर्नेछ र हामी भोलि एकै पंक्तिमा मिलेर राष्ट्रको सेवा गर्नेछौं ।
१३) अबको राजनीतिक एजेण्डा के हो ? कसरी राजनीति अगाडी बढ््छ ?
विश्वास र मूल्यमान्यतामा समान भनिएका सबैसित हातेमालो गर्न हदैसम्म तयार रहने । अल्पसंख्यक, पीडित, अशक्त र दूर्बलहरूको पक्षमा अनबरत खडा रहनका लागि आवश्यक शक्ति सञ्चय गर्ने । आफू ख्रीष्टको अनुयायी भएको नाताले नेपाली मण्डलीका साझा सरोकारका विषयहरूमा राजनीतिक सम्बोधनका लागि निरन्तर क्रियाशील रहने । मुलुकभर रहेका ख्रीष्टियन समाजहरूसित निकट रहँदै इमान्दार, कर्तव्यनिष्ट र नैतिकवान मानिसहरूबीच बलियो संगठन निर्माण गर्ने । चुनाव दलको कसी हो, त्यसर्थ चुनावकेन्द्रित राजनीतिक सूचना प्रवाह, संगठन निर्माण र प्रचारप्रसारलाई प्राथमिकता दिने । आसन्न महाधिवेशन (फाल्गुण २३–२५, २०७३) सम्पन्न गराउँदै राष्ट्रवादी (मुलुक, माटो, मान्छे र मान्यताप्रति बफादार) शक्ति निर्माण गर्ने ।
१४) अन्य कुनै विषय छन्् जो तपाईले स्पष्ट पार्नै पर्छ ?
आउन लागेको बडादिन ‘ख्रीष्टमस’ तथा नयाँवर्षको उपलक्षमा शुभकामना व्यक्त गर्दै आफू र आफ््नो दलको विषयमा आवश्यक विचार राख्ने अवसरको निम्ति तपाईंप्रति आभारी छु । साथै हामीले यसअघि बाँचेको जीवन साक्षीको उच्च मूल्याड्ढन गर्दै जनजागरण पार्टी नेपालको पक्षमा शुभेच्छा, प्रार्थना, सल्लाह र मार्गदर्शन दिनुहुने सबै महानुभावहरूप्रति पनि कृज्ञता व्यक्त गर्दछु । अन्त्यमा, हाम्रा निम्ति आवश्यक सहयोग जुटाउनुहुन हार्दिक अनुरोध गर्दछु । धन्यवाद ।

Comments