ख्रीष्टमस शुभकामना


कोही सँस्कार ठानेर कर्तव्य पालन गर्न
कोही व्यापारका लागि दुईचार पैसो कमाउन
कोही जानीबुझीकन, कोही अन्जानमा देखासिकी गर्दै
कोही रमाइलोका लागि र अरूलाई रमाइलो गराउन
कोही आफू सेवक बनेर अरूप्रति आशिर्वादी भैदिन
कोही राजीखुशीले त कोही आरीसले पनि मनाउँदै छन् रे!
पर्व मनाउँदै छन् मानिसहरू, उद्देश्य-अभिप्राय जे होस्
घर बस्तीमा, हाटबजारमा, सडकमा, चर्चमा भेला हुँदै
सबैतिर, एकैचोटि, सजावट र संगीतसाथ आएको देखेँ,
ख्रीष्टमस तपाईंका र मेरा मुक्तिदाताको जन्मोत्सव !
अत्यन्त हर्षित हुँदै तपाईंको जीवनमा भलैभलो होस्,
सुस्वास्थ्य, शान्ति, समृद्धि छाअोस् - हार्दिक शुभकामना ।

Comments

Archive

Contact Form

Send