राष्टूको मूलधारमा नेपाली ख्रीष्टियन समुदाय केही उपलब्धी र दीर्घकालिन प्रभावका सवालहरु

काठमाण्डौ शदियौदेखि देशको राजधानी हो । देशको शासन(प्रशासन, नीति निर्माण र कानूनको पालना गराउने सवालमा मुख्य भूमिका पनि यतैबाट हुन्छ । देशको उज्वल भविष्य र समृद्धशाली गन्तब्य पहिल्याउने खास जिम्मेवारी पनि स्वभावत राजधानीले नै तय गर्ने कुरो हो, यही परम्परा हामीले धान्दै आएका छौं । आधुनिक मानव समाजको चरम उन्नतिका लागि अहिले विश्वका कतिपय विकसित मुलुकहरूले जेजति प्रगति गरेर देखाएका छन्, त्यसको प्रत्यक्ष अनुभव गर्ने सौभाग्य पनि यही उपत्यकाका उपल्लो वर्गका मानिसहरूले नै पाउँदै आएका हुन् । त्यसकारण पनि मुलुकको सर्वा·ीण र द्रुत्ततर विकासमा राजधानीमा ठेगाना खुलाएर बसोबास गर्दै आएका शासकहरू स्वभावतः जिम्मेवार छन् । हो, मुलुकसामु  नयाँ कुरो जे आउँछ, त्यो देशको मुख्य थला काठमाण्डौमा नै हुन्छ र त्यसलाई मोफसलकाहरूले बिना ुकरेक्सनु स्वीकार गर्नुपर्छ भन्ने चरितार्थवादी परम्परा उहिल्यैदेखि चलिआएको भए तापनि बिकेन्द्रिकृत
हाम्रो देशमा “नयाँ नेपाल निर्माणमा ख्रीष्टियन प्रतिबद्धता” नामको एउटा नयाू कार्यक्रमले झण्डै एकवर्ष लगाएर देशव्यापि दौडाहा सम्पन्न ग¥यो र दोस्रो वर्षको अभियान स्वरूप फेरि अर्को दौडाहा सम्पन्न हुँदैछ ।  उक्त कार्यक्रमको घोषणा गरिएकै घडीदेखि त्यसप्रति सकारात्मक(नकारात्मक र आशावादी(निराशावादी विचारहरू प्रकट भैरहेकै छन् ।  धेरैका लागि सुन्दै यो विषय अति महत्वाकांक्षी बन्यो र अझ धेरैका लागि यो पनि राजनीति वृत्तमा हुने गरेका रीत्ता आश्वासनयुक्त नेताका भाषणजस्तै हुने त होइन भन्ने आशङ्गा भरिएको प्रश्न बन्यो ।  अरू कतिले भने, “मोफसलमा आÇनो अनुहार देखाउने कुनै ुप्रोग्रामु नपाएका राजधानीका हाम्रा ुकेन्द्रियु अगुवाहरूका लागि काठमाण्डौ छाडेर जिल्ला(जिल्ला चहार्ने राम्रो एजेण्डा बनाएर आएछन् ¤” अनि अरू कतिचाहिू विगतमा ुउनैु अगुवाहरूले त्यहाँ पुगेर ुके(के न गर्नेु भनी दाबी गरे तापनि ुकेही खालो नसारेकोु तथ्य सम्झाउँदै काठमाण्डौबाट खटिएका केन्द्रिय सहजकर्ताहरूमाथि ओइरिए, “तिमीहरूले ल्याएकै यो कुराचाहिँ साँच्चिकै हुन्छ भन्ने ग्यारेण्टी के हो ?”
हो त नि ¤ जोसुकै, त्यसमाथि पनि गर्लान् कि भन्ठानिएका अगुवाहरूबाटै घरिघरि हुस्याइएका हाम्रा मोफसलका अगुवाहरूले निशङ्गोच हाम्रो यो प्रयासलाई बिना प्रश्न थपक्कै मानिदिनुपर्छ भन्ने के थियो त ?  “यी यसपटक म आएको छु, त्यसकारण विश्वास गर्नूस्” भन्नु मूर्खता ठहरिन्छ भन्ने बुझाइ भएकोले तमाम आशङ्गा उचाल्ने सहभागी पाष्टर(अगुवाहरूलाई सकेको प्रयत्नमा शब्द जुटाएरै आश्वस्त पार्ने काम मैले गर्नुपरेको सम्झना मबाट टलेको छैन (म आफू केन्द्रिय सहजकर्ताको रूपमा मेची(कोशी स्तरीय कार्यशालामा पुगेको थिएँ) ।  अझ अरू पनि कति ठाउँमा समेत मेरै खोजी गरिएथ्यो भन्ने सूचना पाउँदा म झनै झस्किएँ ।  सायद तत्कालिन नयाँ संविधानमा ख्रीष्टियन सुझाव समितिको प्रतिनिधित्व गर्दै आसन्न संविधान निर्माणमा नेपाली ख्रीष्टियन समुदायको सरोकार, भूमिका, पहिचानकै निम्ति राज्यसित लड्नुपर्ने लडाइँ, अनि हामीले दिनुपर्ने सुझावहरूको विषयमा कुरा गर्दै म उहाँहरूसमक्ष पुगेको विषयमा मलाई केरकार गर्न चाहनुहुन्थ्यो कि ¤ ?  (अहिलेसम्ममा मैले नयाँ संविधानमा सुझाव दिने काम सकिएको र सो विषयमा खबर्दारी गर्नुबाहेक अर्को काम छैन भन्दाभन्दै त्यसलाई ुमहासंघु बनाउने प्रयास विकसित हुँदैजाँदा मैले सो समितिबाट राजीनामा दिइसकेको छु) ।  ममाथि मात्रै त्यो आशङ्गा पोखिएको होइन र धरान, इलाम र भेडेटारमा मात्रै पनि त्यो आशङ्गा व्यक्त भएको होइन, प्रायः सबैजसो जिल्ला र शहरमा जुटाइएका कार्यशाला र प्रशिक्षण गोष्ठीहरूमा त्यही आशयका प्रश्नहरू सोझ्याउँथे सहभागीहरू ।  किन होला ?  जवाफ फेरि पनि त्यही हो, काठमाण्डौमा जेजस्ता सहमति जनाइन्छन्, निर्णयहरू गरिन्छन् र प्रतिबद्धताहरू नै बाचिन्छन्, ती पूरा गरिइँदैनन्, अनि कालान्तरमा ती सबै ओझेल पर्छन् ।
जति ुनयाँु लाग्ने विषयहरूमा हामी काठमाण्डौका ुकेन्द्रियु अगुवाहरू ले आवाज उठायौँ, प्रयत्न गरिहे¥यौँ र अभियानै चलायौँ पनि, ती हरेक कदम चाल्दै गर्दा हामीले बोलेको त्यही हो, “योचाहिँ अरूजस्तो हुनेछैन” (म आफू पनि हाल काठमाण्डौबासी अगुवा भएकोले आफैलाई केन्द्रिय स्तरको अगुवा भनाउँने दुस्साहस गर्दै ुहामीु लेखेको हुँ) ।  अनि हाम्रा धेरैजसो ती आश्वासन बीचैमा तुहिए ।  त्यही हुनाले हो, नयाँ नेपाल निर्माणमा ख्रीष्टियन प्रतिबद्धता नामको अभियान पछिल्ला दिनमा हाम्रा लागि राष्टिूय, बृहत र देशव्यापी बन्यो ( हामीले यसलाई त्यही बनाउन खोजेकै हौँ ।  तापनि हामीलाई लागेकै कुरो सबैलाई लाग्नैपर्छ भनिदिनु भूलमात्रै ठहर्छ, जबसम्म त्यसको सही उपायदेयता सम्झाउने काम गरिन्नँ ।  तर, यो विचार व्यक्त गरिरहँदा नयाँ नेपाल निर्माणमा ख्रीष्टियन प्रतिबद्धताले उठान गरेको राष्टूव्यापी अभियानले ठूलो विश्वास जित्न सकेको छ ।  फलस्वरूप अहिले कम्तिमा पनि हाम्रो नाकअघि हाम्रो सारा समुदायले बोल्न थालेको छ, “अब भने देशमा नयाँ काम हुन्छ ¤”
तथापि अभियान चलाउने अभियन्ताहरूले एउटा चरण पार गरेर अर्को उचाइ उक्लँदासम्ममा के(कति कसरी भए, कतै कमजोरी पनि देखिए कि भन्ने कुराको मूल्याङ्गन गर्न चुक्नुहुँदैन ।  खुल्ला ह्दयले काटिएको बाटोको समीक्षा गर्नु र त्यसको अनुभवबाट उर्जा बटुल्दै उपल्लो चरण पार गर्न साहस बटुल्नु हरेक यात्रीका लागि सार्थक बिश्राम गनिन्छ ।  खुशीको कुरो, अहिले त्यही काम हुन थालेको छ ।  यत्तिसम्म विनम्रता देखाएकोमा यस अभियानका सारथीहरूलाई सम्मानसाथ स्वीकार्नुपर्छ । 
समीक्षाकै सेरोफेरोमा सम्बन्धित सबैबाट सुझाव मागिएको आधारमा मैले पनि मनमा लागेका एकदुई कुरा उठाउन खोजेको हुँ ।  अनि त्यस विषयको पक्षपोषण गर्न म यससित जोडिएका केही सवालहरूको चर्चा गर्न मनासिब ठान्छु । 
पहिलो, यो अभियान कुन आवश्यकताको धरातलमा किन शुरू भयो ?  यसको चर्चा पन्छाएर सफलताको गुट्ठी गुडाउनु सायदै अन्यथा ठहर्छ ।  साँचो कुरो यही हो, नेपाल ख्रीष्टिय समाजको एघारौँ महासभाबाट गठित नयाँ कार्यसमितिको पहिलो औपचारिक पूर्ण बैठकले आÇनो पहिचान देशभर स्थापित गर्नुपर्ने खाँचो महसुश गर्नु ।  त्यही खाँचो पूरा गर्ने मजबुत औजार खोज्ने क्रममा म आफैले मुलुकमा नेपाली ख्रीष्टियन समुदायको तर्फबाट केही महत्वपूर्ण काम गर्नुपर्ने दर्शन व्यक्त गरेको हुँ ।  सोही कुरो स्वीकार गर्दै त्यस बैठकद्वारा गठित् पाँच सदस्यीय कार्यदलले अघिसारेको एजेण्डा “नयाँ नेपालका लागि ख्रीष्टियन प्रतिबद्धता” विषयमा समावेश गर्नयोग्य देश विकासको निम्ति सम्भावित कार्यक्रमहरू र त्यसका लागि स्वर्गीय शाहबहादुर गुरूङ्कले प्रस्ताव गर्नु भएको पैरवी ९ब्मखयअबअथ० विषयमा एउटा कार्याशाला आफैहरूबीचमा गर्ने सुझाव प्रस्ताव गरियो ।  पछि, त्यही विषयले सम्पूर्ण एजेण्डालाई समेट्ने छ भन्ने बुझाइ सबैमा सुझ्यो र जन्मियो, यो अभियानः नयाँ नेपाल निमार्णमा ख्रीष्टियन प्रतिबद्धता । 
यद्यपि केही नयाँ काम मुलुकका निम्ति गर्नुपर्ने र त्यही राष्टिूय ध्यानाकर्षणबाट समग्र नेपाली ख्रीष्टियन समुदायको उच्च छबिसहितको पहिचान स्थापित गर्नुपर्छ भन्ने आशयमा करिब तीन दसक अघिदेखि निरन्तर कलम चलाउने म आफै र विभिन्न संस्था, समुह र व्यक्तिगत तबरबाटै पनि यस्तै आशय बताउनेहरूको एउटै आवाजको परिणाम थियो त्यो ।  अनि त्यही आवाज बोल्ने अगुवाहरू मोफसलमा पनि भैदिएका हुनाले पनि यस अभियानले सहजै विश्वास जित्ने काम गरेको हो भन्नु अत्युक्ति हुँदैन ।  तर, त्यही अभियानलाई जन्माउनमा हामीसँगै प्रसव भोग्ने शाहबहादुरले अनन्तसम्मैका लागि हामीबाट बिदा लिइसक्नुभएको छ ।  तर उहाँसित त्यही प्रथम प्रहरमा हिँडेको सहयात्री मलाई सुँइकै नदिई कतिपय अहम् निर्णय यसबीचमा भैसकेको देख्दैगर्दा यसले शुरूको त्यही अभिष्ट साध्छ नै भन्नेमा भरपर्न सकिने विश्वास भने मबाट उडिसकेको थियो । 
दोस्रो, साठीभन्दा बढी जिल्लाहरूमा पु¥याइएको अभियानले तत्तत् जिल्लामा विद्यामान समस्याहरूको पहिचान गरिल्याएको प्रतिवेदनबाट निर्माण गरिएको बहुप्रतीक्षित “प्रतिबद्धता(पत्र” सार्वजनिक गर्ने क्रममा प्रयोग भएको पुरानै एनजीओ शैलीलाई हेर्दा प्रतिनिधी मण्डलमा सम्लग्न हुने हाम्रा ुकेन्द्रिय अगुवाहरूु मा प्रतिबद्धता जाहेर गर्नेभन्दा पनि चर्चित अनुहारका व्यक्तित्वहरूसित कुम जोडेर फोटो खिचाउनेमा बढ्ता प्राथमिकता प्रदर्शन भएको देखियो ।  त्यही कामलाई “देख्यौ, हामी कति ठूलो हैसियत राख्दा रहेछौँ ¤” भनी सन्देश दिने किसिमको प्रचारबाजी सुन्दै र पढ्दै “हामीले केही त गरेकै हो” भन्ने बहानामा आफैलाई धाप मार्नुभन्दा बढी हामीले केही पायौँ भन्नु दिवास्वप्नमै रमाउनु हो ।   यहाँनेर घोत्लिनुपर्ने कुरोचाहिँ यो होः यदि प्रतिबद्धता(पत्रमा लेखिएको “प्रतिबद्धता” चाहिँ साँचो ह्दयले गरिएको ठहरेन नि ?  हिजो हामीलाई आÇनै साथीहरूलाई आश्वस्त पार्न हम्मेहम्मे थियो, भोलि भने आÇनो उपस्थिति मण्डलीभन्दा बाहिर देखाउन पनि लाजमर्दो हुनेछ, सबैको यसप्रति गहिरो चिन्ता रहेको प्रष्टै थियो ।
तेस्रो, हिजो यस अभियानलाई ुसबैकोु स्वीकृति लिने लोभमा यो कहाँबाट कसरी शुरू गरिएको थियो भन्न पनि आनाकानी गरियो ।  त्यो आफैमा ढुङ्ग्रो लुकाएर मोही माग्न हिँडेजस्तो काम थियो ।  हामीमाझ एकातिर आफूले जे गरे पनि त्यसलाई ुसबैकोु भनी थोपर्न भरमग्दुर अगुवाहरूको बिग्बिगी कायमै छ, अनि अर्कोतिर अरू कसैप्रति गरिएको आलोचना पनि सहन गर्न अभ्यस्त नभएका हाम्रा अर्काथरी अगुवाहरूले चाहिँ फेरि सबैको स्वीकृति लिन आÇनो परिचय लुकाउनुलाई एकप्रकारको नामर्दीपना थियो किन नभन्नू ?  यो अभियान नेपाल ख्रीष्टियन समाजकै केन्द्रिय कार्य समितिको बैठकबाट औपचारिकरूपमा अघिसारिएको बहुआयामिक कार्यक्रम हो भन्ने आखिर कसैले चाल पाएको छैन थिएन र ?  अन्य समुहहरूले त एनसीएसको कार्यक्रम भन्दै थिए त ?  अनि एनसीएसकैहरूले चाहिँ सत्य लुकाउन खोजेर कति वृहत् र सर्वस्वीकृति प्राप्त गरे त ?  अर्को कुरा, हामीले बिर्सिएछौँ क्यारे, आखिर कामले पहिचान कोर्छ, पहिचानले काम गर्छ नै भन्ने छैन ¤ 
आखिरी कुरो, प्रतिबद्धता सार्वजनिक भैसकेको थियो र सोहीअनुसार स्थानीय मण्डलीका अगुवाहरूलाई सुसूचित गराउने, पैरवीका लागि तयार गराउने र सानोतिनो काम स्थानीय स्तरमै गरिहाल्न प्रेरित गर्ने उद्देश्यसहित अञ्चल स्तरीय कार्यशाला गोष्ठीहरू पनि सम्पन्न हुँदैथिए ।  अब हामीले सामना गर्नुपर्ने दुईथरी रमितेहरू छेवैमा पंक्तिबद्ध भएर उभिएका छन् भनी कल्पना गरौँ, पहिलाः “लौ त हेरौँ, कसरी गर्दा रहेछौ ¤” भनी चुनौति तेस्र्याउने मानिसहरू, बाधा ठड््याउने तगाराहरू ती हुन् ।  तिनले सकेसम्म हामीलाई डीलसम्मै अँचेट्ने छन् र हामीलाई आँकिएको जुनसुकै काम गर्न पनि आच्छुआच्छु पार्नेछन् ।  अनि अर्काथरीचाहिँ हाम्रै मानिसहरू हुन्, तापनि आश्वस्त हुन नसकेका, अल्मलिएका, दुर्बलताका शिकारहरू, निराशाले थिचिएका र अझैसम्म आÇनो शक्तिको लेखा नराखेका हाम्रै मण्डलीका विश्वासीहरू ।   तिनीहरू अहिलेसम्म मण्डलीबाहिरको संसार देख्नबाट छेलिएका तथा ख्रीष्टको उद्धारमा डो¥याइन बाँकी आफन्तहरू, समाज र समुदायप्रतिको जिम्मेवारीको पाठ नसिकाइएका मानिसहरू हुन्, जसलाई बाइबलका प्रेमसम्बन्धी पदहरू घोक्न उत्साहित गर्दागर्दै पनि छिमेकीलाई प्रेम गर्नुपर्नाको महत्व बुझाउन बाँकी छ, सुसमाचारको काम गर्दा जीवनको उदाहरण अझै अहम् हुन्छ भनेर जान्दाजान्दै पनि त्यही जीवन जिउने सीप र अवसर जुटाउने काम हुन बाँकी नै छ । 
हो, अझै पनि ... केही त बाँकी नै छ ¤ चुनौतिहरूको सामना गर्नुपर्ने नै छ । राष्टू निर्माणमा सि·ो ख्रीष्टियन समुदायलाई सक्रियरूपमा सहभागी गराउने यो प्रतिबद्धताको कुरा थालिएको पनि अहिले दसक बित्न लाग्यो र परिणाम “हात्ती आयो फुस्सा” ठहरियो भन्नु अत्युक्ति हुन्न । किनभने त्यो आफैं सानातिना पैरवीका कार्यक्रम गर्दै ुडोनरु रिझाएर आफ्नो अस्तित्व जोगाउने ध्याउन्नमा थन्किएको अवस्था छ । त्यसमाथि पनि  अहिले त मुलुकको राजनीतिले, आमसञ्चार र प्रशासनले, नागरिकदिर्घामा उभिएका स्वघोषित नागरिक समाज अनि आफूलाई अब्बल अधिकारकर्मी द¥याउन अग्रसर बन्ने अधिकारकर्मी समुहले ठाडै समग्र ख्रीष्टियन समुदाय र उसका सम्पूर्ण धार्मिक गतिविधिहरूलाई समेत अपराधीकरण गर्ने फौजदारी ऐन थोपरिएको अवस्था छ ।   यसो भनौं, अहिले देशले भिन्न गति पक्रिसकेको छ । मण्डली सुसमाचारको कर्तव्यबाट तर्सिएको छ । मण्डलीका अगुवाहरू कोचाहिँ सच्चा सेवकहरू रहेछन् भनेर खुट्याउने दिन पनि नजिकै आएको भान भैरहेको छ । यता हिजो ुछाता र गलैंचाुको घम्साघम्सी गरेका प्रतिनिधिसंस्थाहरू एकताको अँगालोमा बाँधिइन तयार देखिएका छन् (यसमा इमान्दारिता देख्न पाए हुन्थ्यो)।
अर्काथरी मान्छेहरूलाई पनि हामीले व्यहोर्नुपरेको छ । महाभूकम्पजस्तो बिनाशकारी विपत्तिकै आडमा कुस्त अर्थोपार्जन गर्नेहरूले लेखा दिनुपर्ला । नाउँचलेका नेता र शक्तिशाली भनिएका मान्छेहरूको नाउँ सापटी लिएर आफूलाई सि·ो समुदायकै मियो भनाउन कस्सिएका मान्छेहरूको बिगबिगी अर्कोतिर उत्तिकै छ । हो, अवस्था अप्रिय छ, चुनौतिपूर्ण छ, प्रतिकुल छ । तर त्यही अप्ठ्यारो ठाउँमा धर्नाढूक बसेर सि·ो मुलुक र सोझो समुदायमाथि लूट मच्चाउनेहरूको उद्योग अति फस्टाएको अवस्था छ । उता बाइबलीय नीतिविधि र नैतिकताको पर्वाहै नगरी आफूलाई माथि उचाल्न जेसुकै गर्न तयार मान्छेहरूलाई हामीले पराक्रमी अगुवा मान्न थालेछौं ¤ यता आफूलाई राष्टिूय स्तरमै एक्लो मसिहा देखाउन धूरन्धर लागेका मान्छेहरूले मच्चाएको अभियानको परिणति के हुन्छ भन्ने अनुमानसम्म नलगाई तिनैका पिछलग्गू बन्नैपर्ने बाध्यता किन स्वीकार गरिँदैछ ? यस सवालमा एउटा तथ्य जगजाहेर होस् ( बिषम परिस्थितिलाई नजरअन्दाज गरिएको होस् वा समय र शत्रुको शक्तिलाई, आखिर दुवैले नमीठो हार चखाउने छन् ¤ तैपनि निरिह विश्वासीहरू तिनकै चिप्ला कुरामा सुलुत्तै चिप्लिइरहेका छन्, किन ?
प्रस·मा फर्कौं, राष्टू निर्माणमा विश्वासको समुदायलाई देशैभरि परिचालन गर्ने अठोट, जसरी अहिले सेलाएर गएको छ, त्यसको विषयमा केही समीक्षा त हुनैपथ्र्यो । तर, बिना आत्ममूल्याड्ढन उम्दा नेतृत्व पनि त ढल्छ ( त्यो जान्दाजान्दै पनि त्यत्रो ुराष्टिूय अभियानुलाई समाप्त पार्ने पात्रहरूमाथि प्रश्नै नउठाउनु भनेको अहिले नेपाली खीष्टियन समुदायका लागि अत्यन्तै निरिहता र परनिर्भता स्वीकार गरिएको अवस्था हो । त्यसमाथि, लगत्तै राष्टिूय राजनीतिक मैदानमा उदाएका केही अनुहारहरू (म आफैं पनि) ले निज समुदाय र सि·ो देशका सामुन्ने अभिव्यक्त गर्दै आएका विचारहरूको विषयमा मतलब राख्नु पर्छ कि पर्दैन ? उनीहरूले व्यक्त गरेका ती विचारहरू, देखाएका दर्शन र पक्रेका सिद्धान्त तथा चालेका कदमहरूको सुक्ष्म अध्ययन, बहस वा चर्चा गर्नु पर्दैन कि? ख्रीष्ट वा ख्रीष्टियन समुदायसँग जोडिएको मान्छे, उसको विचार र जीवनशैली, अनि उसले तय गर्दैआएको वा गर्न लागेको यात्राबाट जहिल्यै सबै नेपाली ख्रीष्टियनहरू मुछिइन्छन् नि होइन र ? त्यसो भए उसले ठीक गरेको भए साथ दिन वा गलत गरेको भए खबर्दारी गर्न किन हिच्किचाउनू ?
भलै, हामीले ुएकताुका लागि गर्दैआएको रटान अहिलेसम्ममा कान पकाउने कर्कशमात्रै साबित भयो, तैपनि अर्को बिकल्प हामीसँग छैन भने फेरि पनि एकजूट हुन रोक्ने प्रवृत्ति, पात्र र परिपाटीलाई अन्त्य गर्न हामी किन जुर्मुराउँदैनौं ? तर, सधैं अरूका अनुहारमा हीलो छ्यापेर आफूलाई शुद्ध(सफा देखाउन कस्सिएका मान्छेहरूले सिर्जना गरेको अनेकता र विभाजनलाई किन हामीले नै स्वीकारेको नि ? पहिले हुँदै आएको कुनै पनि प्रयत्नलाई आफू पनि सक्रिय सहभागी भएर मलजल गर्नुको साटो उल्टै त्यसलाई देखी नसहने, त्यसलाई निमोठेर मिल्काउने र ुअर्को समुहु खडा गरिछाड्न तम्सिएको व्यक्तिलाई ुत्यसो नगरु भन्न खुट्टा कमाउने नामर्दीपनको परिणाम होइन र यो विभत्स विभाजन ? अब विभाजित मानसिकतालाई अँगालेर एकताको नारा अलाप्नु किमार्थ लाभकारी हुँदैन, बरू विभाजनकारीहरूलाई खबर्दारीका औला ठड्याउने र तिनलाई साँचो ख्रीष्टिय विनम्रतामा सेवकीय नेतृत्वका लागि अघिसर भनी सुझाउनुको बिकल्प छैन ।
बितेको करिब ३० वर्षसम्म नेपाली ख्रीष्टियन समुदायका लागि अनुग्रहको सुवर्ण अवसर पक्कै थियो, यसमा दुईमत नहोस् । कोही पनि हाम्रो पक्षमा थिएन, संसारै हाम्रो विरोधी थियो । कानून, सरकार, सञ्चार र व्यापारमा हाम्रो पहुँचै थिएन, ती सबै हाम्रो भलो चिताइरहेका थिएनन् । म त भन्छु, परमेश्वरले तिनीहरूका आँखा नछोपिदिनुभएको भए, ती कसैले हामीलाई यति सहजै बाँच्न दिने थिएनन् । अहिले तिनका आँखा खुले, त्यसैले हो तिनीहरू पञ्चायतकालभन्दा पनि अढी असहिष्णु बनेर मण्डलीमाथि आइलाग्दैछन् ¤ कुरो प्रष्ट गरूँ, मैले यहाँ आत्मिक रहस्यको कुरा उठाइरहेको छु । बाइबलमा प्रष्टै भनिएको छ, “हाम्रो लडाइँ रगत र मासुको शरीरका विरुद्धमा होइन, तर प्रधानताहरूका विरुद्ध, शक्तिहरूका विरुद्ध, वर्तमान अन्धकारको शासकहरूका विरुद्ध र स्वर्गीय स्थानहरूमा भएका दुष्ट्याइँका आत्मिक सेनाहरूका विरुद्ध हो” (एफिसी ६ः१२)। तर त्यो अनुग्रहको अवधिमा र अहिलेसम्मै अनुग्रहको दुरुपयोग गर्दैआएका कथित ुअगुवाहरूुले समग्र समुदायलाई अचाक्ली विभाजनको दलदलमा डुबाए । सेवाको नाउँमा आफूलाई पोस्ने प्रवृत्तिलाई जीवितै राखेर ुअगुवाु बनेका मान्छेहरूले प्रभुको मण्डलीलाई टुक्राटुक्रा पारे । हामीमाझबाट क्षमा, स्वीकार, मिलाप र सहकार्य भागबण्डा वा धोकाको शिकार बन्यो । बाइबलीय चरित्र लुटियो, मण्डलीको अस्मितामाथि हस्तक्षेपपूर्ण आक्रमण भयो, समुदाय फेरि मिल्नै नसक्नेगरी तितबितर बन्यो ।
के सधैं यस्तै भैरहला त? कदापि नहोस् । तपाईं र ममा सत्य परमेश्वरका आत्माको जीवित उपस्थिति हुँदासम्म, बाइबलीय जीवनशैलीलाई तपाई र मैले आत्मासत गरिरहँदासम्म र हामीभित्र लोककल्याणका लागि आफूलाई ख्रीष्टको प्रेमका खातिर बलिदान गर्ने तत्परता बाँकी रहँदासम्म मण्डलीको विरोधमा उठेका सबै दूस्प्रयासहरूको पराजय निश्चित छ । हामी फेरि एकजूट हुनेछौं, ख्रीष्ट येशूद्वारा उहाँको वचन र पवित्र आत्माको निर्देशनमा स्थापित भएको मण्डली कदापि हार्ने छैन । त्यसकारण फेरि एकपटक, साँचो विनम्रतामा हामीभित्र पश्चातापको आगो सल्किनुपर्छ, हामीभित्रको सुसुप्त ख्रीष्टियन चरित्र पुनर्जीवित हुनुपर्छ । प्रार्थना र सुसमाचारका अभियानहरू फेरि एकपल्ट जुर्मुराउनुपर्छ । हो, त्यसका लागि तपार्इं र म तयार हुनुपर्छ । तर, अहिलेसम्म हामीले फुर्तिसाथ छाँटेका गफले त्यो दिन ल्याउने छैन ¤ त्यसकारण, एउटा प्रतिबद्धता अहिल्यै दोहो¥याउनुपर्छ, हाम्रो देश नेपाललाई समृद्ध र गौरवशाली राष्टूका रूपमा चिनाउने राष्टिूय अभियानमा अब हामी ह्दयको प्रतिबद्धता सहित सरिक हुनुपर्छ । 

Ads go here

Comments

Archive

Contact Form

Send