समृद्ध नेपाल निर्माणमा आम जनसहभागिताका लागि धर्म तथा आस्थाको स्वतन्त्रताको महत्व


बि. पी. खनाल

केन्द्रिय अध्यक्ष (जनजागरण पार्टी नेपाल)

अन्तरधार्मिक सम्बाद संयोजक (नेपाल ख्रीष्टियन समाज)


“धार्मिक राष्ट्रवाद” का नाउँमा केही मानिसहरू हिजोआज अरूको धार्मिक आस्थाको विरोधमा अत्यन्तै अपमानजन्य भाषा ओकल्दै हिंसात्मक भविष्यको दुस्कामना गरिरहेका छन् । यतिबिघ्न अराजक बनेर अरूको आस्थामाथि प्रहार गर्नुको अर्थ मुलुकलाई विध्वंसतर्फ धकेल्ने परिणाम निम्त्याउन कुत्सित चाहना राख्नु हो । आफूबाहेक अरूको सुखशान्तिमा रमाउन नसक्नु भनेको आफैंमा बिनाशकारी मानसिकताको बिकार बढ्न दिनु हो । ‘अर्को’ भनिएको व्यक्ति वा समुदायप्रति असैह्य बनेका मानिसहरूको सक्रियता अनियन्त्रितरूपमा बढ्न दिइयो भने त्यसले समाजलाई कहिल्यै पुर्न नसकिने विभाजनको खाडलमा फँसाउँछ । किनभने घृणा भरिएको प्राण आफैं पनि सकसमा बाँच्छ, त्यसले कसैलाई भलो गर्दैन ।

देश इतिहासदेखि आजसम्मै विभाजनको बादलले गुम्सिएको छ । शदियौँदेखि शान्तिपूर्ण सहअस्तित्वमा बाँचिरहेका फरक नश्ल र जातजाति, भाषाभाषी र धर्म तथा संस्कृतिका मानिसहरूबीच ठूलो–सानो भन्ने भेद हालिदिएर छुवाछूत, बहिष्करण वा शोषण गर्ने कुसंस्कार स्थापित गर्दै एकछत्र राज गरेका मान्छेहरूले अहिले कथित धार्मिक राष्ट्रवादको नारा अघिसारेर फेरि पनि नेपाल देशलाई छताछुल्ल पार्ने दिवासप्न देखिरहेका छन् । कथित हिन्दुराज्यको वकालतका लागि नाजीवादी शैलीमा साम्प्रदायिक घृणा फैल्याउने काम तिनीहरूले गर्न थालेका छन् । उपलब्ध सामाजिक सञ्जालहरूको दूरुपयोग गरेर तत्काल नेपाली ख्रीष्टियन समुदायतर्फ केन्द्रित आक्रमण शुरू गरेका तिनीहरूले सबै अल्पसंख्यक धार्मिक समुदायमाथि धावा बोलिरहेका छन् भनेर बुझ्नुपर्छ । किनभने ‘धार्मिक राष्ट्रवाद’ त्यो आततायी तत्व हो, जसले देशको राजनीतिक शक्तिकै दूरुपयोग गर्दै एकमात्र धार्मिक आस्थाको बर्चस्व लाद्न दुस्प्रयास गर्छ । सबैलाई त्यही धार्मिक आस्थाको अभ्यास गर्न बाध्य पार्छ र अन्य आस्थाहरूलाई निषेध गर्छ । ठीक त्यही कुरो पहिले पनि यो देशले अनुभव गरिसकेको छ । इस्लाम आस्थाका पूर्वजहरूको लामो विरासतबाट ‘धर्मपरिवर्तन’ गरी शासकीय शक्तिमा उदाएको शाहवंशीय इतिहासले त्यही पुष्टि गरेको थियो । तिनै शाहवंशीय राजा पृथ्वी नारायण शाहले नेपाल एकीकरण अभियानपछि स्थापित गरेको शासकीय पद्दतिद्वारा सि·ो देशलाई हिन्दूकरण गर्दै आफूलाई साक्षात् विष्णु भगवानका अवतारको रूपमा उभ्याए । उनको त्यस अभियानलाई गोरखादेखि शुरू गरेर प्रायः मुलुकभरिका बाहुनहरूले साथ दिएका थिए, जसले केन्द्रमा राजपूरोहित र तत्लो निकायमा बडा वा छोटा हाकिमहरूका निजी पूरोहित बनेर आफूलाई शासनव्यवस्थाका अभिन्न अ· तुल्याए । अहिलेसम्मै शासक वर्गको उही पूर्वाग्रही सोचले भरथेग गरेको र ब्राह्मणवादमा आधारित पुरातन सामन्ती प्रथा मुख्य शक्ति बनेको छ, आज पनि विभिन्न बहानामा त्यही सोचलाई प्रश्रय दिनेगरी केही तत्वले मुलुकलाई एउटै राष्ट्रका रूपमा आबद्ध हुन नदिने कुचेष्ठा गरिरहेको छ । त्यही कर्मकाण्डी मसान अझै पनि देशको कर्मचारीतन्त्रमा जीवित भेट्टाइन्छ । उदाहरण खोज्न कतै जानुपर्दैन, खासगरी सरकारी कार्यालय, अड्डाअदालत, निकासीपैठारी तथा बीलबीजकहरूमा प्रयोग हुने भाषा, त्यहाँका मानिसहरूको काम गर्ने शैली, सेवाग्राहीहरूमाथि तिनीहरूबाट हुने अभद्र व्यवहार यी सबैले अहिले पनि राणाकालीन प्रशासनको झल्को दिइरहेकै हुन्छन् ।

मुलुकको राजनीतिलाई बिकृत बनाउँदै कर्मकाण्डीय प्रशासन पद्दति चलाइआएका मानिसहरूकै पहल र आशीर्वादमा पछिल्लो जनआन्दोलनबाट नेपाली जनताले प्राप्त गरेका उपलब्धीहरूलाई मिल्काउन लागिपरेका केही मानिसहरू कुनै राजनीतिक दल वा सामाजिक सञ्जालकेन्द्रित अभियानको नाममा अहिले सकसकाउन थालेका छन् । त्यसर्थ, देशका बहुसंख्यक मानिसहरू वा उच्चपदस्थ व्यक्तित्वहरूले मानेको खास धार्मिक आस्था सबैले मान्नुपर्छ भन्नु पुरानै अधिनायकवादी सोचको निरन्तरता हो, चाहे त्यसलाई जायज तुल्याउन जस्तासुकै यत्न–प्रयत्न गरियोस् । बहुसंख्यक मानिसहरूले मानेको धार्मिक आस्थालाई राज्यको धर्म तुल्याउनका लागि उचालिएको धार्मिक राष्ट्रवादको तर्कको औचित्य पनि त्यति नै हो ।  

व्यक्तिगतरूपमा आफूले अवलम्बन गरेको धार्मिक आस्थाकै कारण पनि मैले धर्मनिरपेक्षता र अहिले राष्ट्रिय राजनीतिले भिœयाएका कतिपय कुराहरूको खुलेर स्वागत गरेको छैन । तर राजनीति र नदीमा एकसमान अबिरल अघि बढिरहनुपर्ने चरित्र निहित हुने भएकोले जनआन्दोलनकै प्रयत्नबाट जे उपलब्धीका रूपमा हाम्रा हातमा थमाइयो त्यसलाई मिल्काएर पहिलेकै ठीक भन्नु प्रतिगमनकारी कदम हुन्छ भन्ने चेतनाका कारण यी उपलब्धीहरूलाई सकेसम्म राष्ट्रको हीतमा उपयोग गर्नुपर्छ भन्ने सत्प्रयत्नमा हामीमा हुनपर्छ भन्ने मान्यतालाई काँध थाप्नुको बिकल्प छैन । 

नेपाल राष्ट्रनिर्माणको इतिहासमा धेरै मानिसहरूले अतुलनीय योगदान दिएका छन् । हाम्रै इतिहासले महत्व दिएका ती नामहरू सदासर्वदै अबिस्मरणीय अवश्य रहनेछन् । अनि राष्ट्रनिर्माणको इतिहासमा ती व्यक्तित्वहरूले अँगालेको आस्था, सिद्धान्त, दर्शन र मान्यताको प्रभाव पनि थियो, त्यसलाई नकार्नु हुँदैन । तर त्यसको तात्पर्य ती नामहरूले अ·ीकार गरेकै आस्था, संस्कृति वा सिद्धान्त अहिलेसम्म सबैले स्वीकार्नुपर्छ भन्ने होइन । विश्व मानव इतिहासमा महाराजा वा सम्राटहरूले आफूले अवलम्बन गरेको धार्मिक आस्था सम्पूर्ण देशवासीहरूलाई जबरजस्ती मान्न लगाएका कथाहरू प्रशस्तै छन्, त्यसको नक्कल यहाँ पनि गरिएको थियो भन्ने कुरा माथि नै चर्चा गरियो । पहिले चलाइएका निरंकूश शासन व्यवस्थामा आम जनताको चेतना स्तरले प्रतिवाद गर्न सकेन, त्यसकारण सबैले अनचाही “राजाको धर्म” मानिदिए । उक्त अन्यायपूर्ण धर्मपरिवर्तनकै प्रतिक्रियास्वरूप अहिले देशमा बहुसंख्यक जाति, भाषा र क्षेत्रका जनताले “हामी हिन्दू होइनौं” भन्ने आवाज उचाल्दैछन् । यहाँका किराँत–मतवालीहरू, हिमाली जाति – भोटे र शेर्पाहरू, कर्णाली र खसान प्रदेशका बासिन्दाहरूलगायत नेपाली जनसंख्याको ठूलो हिस्सा ओगट्ने तामाङ, मगर, गुरुङ र थारूहरूलाई हिन्दूकरण गरिएको थियो भन्ने कुरा प्रमाणसहित अहिले समाजशास्त्रका विज्ञहरू बोल्दैछन् । राज्यको शक्तिद्वारा बलात् आस्था मिचिएका मानिसहरूको इतिहासले अझै धेरैलाई झस्काइरहेको छ र त्यसलाई धोइपखाली गर्न निकै परिश्रम गर्नुपर्ने देखिन्छ । 

अहिलेको भौतिक विज्ञान र प्रविधिको चरम उन्नति तथा यातायात र सञ्चारको सुलभ प्रयोग गर्न अभ्यस्त मानिसको चेतनाले बेस्सरी माग गरेको कुरो स्वतन्त्रता हो । आधुनिक विश्व मानव समुदायका सामुन्ने आÇनो पहिचान कोर्न थिरीथिरी गर्न लागेको नेपाली समाज पनि उसैगरी व्यक्तिको मानव अधिकार र स्वतन्त्रताको पक्षमा गम्भीर र जागरूक बन्दैछ । त्यसकारण पनि मुलुकसामु खुल्ला लोकतान्त्रिक राजनीतिक एवं आर्थिक व्यवस्था अवलम्बन गर्नुपर्ने खाँचो बढेको हो । त्यही अनुकुल यहाँको सामाजिक व्यवस्था पनि खुकुलो बन्नुपर्ने देखिन थालेको छ । किनभने आधुनिक जीवनशैली आफैंमा आत्मनिर्णयको अधिकारका लागि अपराजयी ढ·ले खडा भैसकेको छ र उसलाई अबको कुनै पनि बन्धनले वा जोरबलले बाँधेर राख्न असम्भव बनिसको छ । अहिले आएर समानता, स्वतन्त्रता तथा आत्मनिर्णयको अधिकारजस्ता विषयहरू मानव अधिकारको छुट्टै क्षेत्रमा सीमित रहने अवस्था छैन, ती सामाजिक, आर्थिक एवं राजनीतिक क्षेत्रका अभिन्न अ· बनिसके । त्यसकारण, अबको मानिसका लागि स्वतन्त्रताको अधिकार सबैभन्दा महत्वपूर्ण अधिकार हो, त्यसमाथि पनि आफूले अवलम्बन गरेको आस्थाअनुसार अभ्यास गर्न पाउनु उसका लागि जीवन जिउनुकै एक भाग हो ।

व्यक्तिका लागि आफू स्वयम् र आफूनकिट रहेका मानिसहरूप्रति जिम्मेवार रही स्वविवेकले सही ठानेको गर्न पाउने स्वतन्त्रताको अधिकारलाई मानव अधिकारको सबैभन्दा आधारभूत स्वतन्त्रता मानिन्छ । स्वविवेकले ठहर गरेको ‘असल’ कुरो छान्न, मान्न र ‘खराब’ लागेको कुरो छाड्न वा बदल्न पाउने स्वतन्त्रता बेगरको मानव अधिकार आफैंमा अधूरो हुन्छ । स्वविवेक भनेको अन्तरस्करणबाट आउने प्रष्ट निर्देशन हो, जसका आधारमा मानिसले कुनै पनि विचार, क्रिया वा प्रतिक्रियालाई उचित कि अनुचित ठह¥याउँछ । स्वविवेकले जीवनदर्शन बनाउँछ । मानिसले आफूवरपरको वातावरणप्रति जवाफदेही महसुस गर्न थालेदेखि नै उसमा स्वविवेक बलियो बन्छ । स्वविवेकमाथि आस्थाको जग स्थापित हुन्छ, जसद्वारा व्यक्तिमा मूल्यमान्यता निर्धारण हुन्छ । त्यसकारण, एउटा व्यक्तिलाई सार्थक जीवन जिउनका लागि स्वनिर्णयको अधिकार उपयोग गर्न पाउने स्वतन्त्रताको खाँचो अपरिहार्य हुन्छ । यही अधिकारको जगमा व्यक्तिको आस्थाको स्वतन्त्रता महत्वपूर्ण ठहर्छ ।  आस्था जीवन पद्दतिका निम्ति अनिवार्य शर्त हो । आस्थाकै आधारमा व्यक्तिले आÇनो स्वतन्त्र पहिचान निश्चित गर्छ, जस्तैः कुनै धर्ममा, राजनीतिक सिद्धान्तमा, व्यापारिक, वैज्ञानिक वा रीतिस्थितिमा चल्न मञ्जुर गरिएको जीवन पद्दतिको आस्था । 

धर्म तथा आस्थाको स्वतन्त्रताको अधिकार भनेको कुनै पनि धर्म छान्ने, मान्ने, नमान्ने, छाड्ने वा परिवर्तन गर्दा कुनै प्रकारको बिघ्नबाधा ब्यहोर्नु नपर्ने वैधानिक तथा व्यवहारिक अधिकार हो, जो राज्यको संविधान तथा कानूनद्वारा स्थापित गरिएको हुन्छ । “धर्म तथा आस्थाको स्वतन्त्रताले विभिन्न धर्महरू मानिलिने वा आभ्यास गर्ने मानिसहरूलाई सुरक्षा प्रदान गर्छ, चाहे त्यो परम्परागत वा नयाँ लाग्ने नै किन नहोस्, यसले धर्मै नमान्ने वा आफूले मानेको बाहेक अर्को हुँदैहुँदैन भन्ने व्यक्तिलाई पनि समान रूपमा सुरक्षा प्रदान गर्छ ।”   त्यसैगरी संयुक्त राज्य अमेरिकाको संवैधानिक निकायका रूपमा कार्यरत यु.एस. कमिसन अन इन्टरनेशनल रिलिजियस फ्रिडम नामक संस्थाले धर्म तथा आस्थाको स्वतन्त्रतालाई यसरी अथ्र्याएको छः “धर्मको स्वतन्त्रतामा कसैले आÇनो विवेकले उचित ठानेबमोजिम विश्वास गर्ने वा नगर्ने, विश्वास गरेअनुसार खुल्लारूपमा, बिना बिघ्नबाधा शान्तिपूर्वक र डर–त्राश बिना नै सो विश्वासको अभ्यास गर्ने (वा विश्वासअनुसार जिउने) अधिकार निहित हुन्छ । धर्म तथा आस्थाको स्वतन्त्रता आफैंमा एउटा विस्तारित अधिकार हो, जसमा विचार, सुविवेक, अभिव्यक्ति, सहभागिता र संगठित हुने अधिकारहरू स्वतः समावेश हुन्छन् ।”  आस्था मानव जीवनसँग अनोन्याश्रित हुन्छ, चाहे त्यो धर्म वा ईश्वरमाथि गरिएको विश्वास होस् वा कुनै पनि धार्मिक अभ्यासबाट अलग्गै रहने आस्था होस् । आफूले अवलम्बन गरेको आस्था प्रत्येक व्यक्तिको निम्ति अत्यन्तै महत्वपूर्ण र प्यारो हुन्छ ।

देशलाई सच्चा राष्ट्रवादी मानिसहरूको खाँचो छ । हामीमा त्यो राष्ट्रवाद बलियोसँग स्थापित हुनैपर्छ । राष्ट्र भनेको वैधानिक राजनीतिक सीमाभित्र रहेको माटो, त्यहाँका मान्छेहरू र तिनै मानिसहरूले सर्वमान्यरूपमा स्वीकार गरेको प्यारो मान्यताको समष्टी रूप हो । हामी नेपालीले  सामुहिकरूपमा हाम्रा ह्दयमा प्यारो ठानेको नेपालीत्व हाम्रा नागरिकता प्रमाणपत्रले बर्णन गर्न सक्दैन । हामीभित्रको राष्ट्रियताको भावना कुनै खास मान्छे वा उसले अवलम्बन गरेको खास धर्म, सँस्कृति वा सिद्धान्तले निर्माण गरेको होइन । हामीमा स्वतस्फूर्त बनिएको नेपालीत्व र त्यसलाई नै सबैको साझा धर्म बनाउनु आफैंमा राष्ट्रवादी बन्नु हो । त्यसकारण, मैले घरिघरि भन्दैआएको कुरा यहाँ दोहो¥याउनु उचित ठानेँ, हामी नेपालीको राष्ट्रवाद भारत र चीनजस्ता सीमा जोडिएका मुलुकहरूलाई गाली गरेर बलियो हुँदैन, बरू हाम्रै सीमाभित्रको माटो, यहाँका मान्छेहरू र उनीहरूसँगै मैले आत्मसात गरेको मान्यताप्रति अटूट प्रेम देखाइरहँदा मेरो राष्ट्रवाद बलियो हुन्छ ।

मुलुकप्रति सचेत नागरिकले यस्ता विचारबाट आफूलाई अलग्याउनुपर्छ र सबैको सहकार्य जुटाई देश विकासका लागि कर्तव्य पालन गर्नुपर्छ । छिमेकमा बसेका मानिसहरू, तिनको सुन्दर परिवार, तिनको प्यारो आस्था र त्यही आस्थाको जगमा बनेको तिनीहरूको संस्कृतिलाई जस्ताको त्यस्तै स्वीकार गर्दै सबै छिमेकीप्रति एकापसमा सहिष्णु बन्न सकियो भनेमात्रै सि·ो समाजले शान्तिपूर्वक बाँच्न पाउँछ । देशमा शान्ति कायम राख्न त्यहाँका मानिसहरूको उचित पहिचान हुनुपर्छ, उनीहरूका सामान्य जीवनपद्दतिलाई स्वीकार गरिएको र उनीहरूलाई आÇनो आस्थाको स्वतन्त्र अभ्यास गर्न पाउने भरपर्दो अवसर प्रदान गरिएको हुनुपर्छ । जीवन बाँच्नमा मानिस जति स्वतन्त्र अनुभूति गर्न पाउँछ, त्यति नै ऊ आफू वरपरका मानिसहरूप्रति जिम्मेवार बन्छ, र बिस्तारै ऊ लोककल्याणकारी दायित्व स्वीकार गर्न अग्रसर बन्दैजान्छ । हाम्रोजस्तो विकासशील मुलुकमा लोककल्याणकारी प्रयत्नले मात्रै समृद्धि ल्याउन सक्दछ । लोककल्याणकारी राज्यको ग्यारेण्टी गर्नु अवश्य नै सरकारको दायित्व हो, त्यत्तिकै दायित्वबोध आम नागरिकहरूमा पनि हुनु आवश्यक छ । तर भिन्न आस्था र संस्कृतिको अभ्यास गर्ने छिमेकीलाई नहसने, उसलाई आÇनो आस्थाको स्वतन्त्र अभ्यास गर्न अबरोध सिर्जना गर्ने र उसको आस्थाविरुद्ध घृणावाच्य ओकल्दै दूव्र्यवहार गर्ने प्रवृत्तिले मानव समाजलाई ध्वस्त पार्ने भएकोले प्रत्येक नागरिकले सहअस्तित्वका लागि प्रयत्नशील बन्नुपर्छ । यस सवालमा, पछिल्ला दिनहरूमा अल्पसंख्यक धार्मिक समुदायका मानिसहरूको आस्थाविरुद्ध अराजक प्रकारले असहिष्णु र आक्रामक बन्दै आएका केही गलत राजनीतिक अभिष्ट बोकेका व्यक्ति तथा समुहहरूले पुरानो बिखण्डनकारी राजनीतिक शक्तिको पुनरावृत्तिका लागि गरेको दुस्प्रयासका विरुद्ध ऐक्यबद्धता जरुरी देखिएको छ । ती अराजक मानिसहरूले समयमै आफूलाई सच्याउने सद्बुद्धि प्राप्त गरून् भनी कामना गरौँ ।


Ads go here

Comments

Archive

Contact Form

Send