१. छाउपडी
उता कर्णालीका पहाडतिर
त्यसपर बिकट-सुगम बस्तीतिर
प्रतिनिधि पाटन, बैतडीतिर
अचम्म नमान्नू...
महिलाहरूमाथि
अन्धसँस्कारले, सँस्कृतिले...
देउताले नि पक्षपात गर्छन्,
समस्त मानव महिलाहरू
आज नि अन्याय भोग्छन्,
महिनावारी हुँदा...
ती देउताकै डरले मरणासन्न हुन्छन्,
छाउगोठ त भत्काउनु हुन्थ्यो...
बिसर्जन गर्न नमिल्ने रे घरको चर्पीमा
अनिष्टको त्रासले बिचरीहरू
गू-मूत जीउमै पचाउन सके हुन्थ्यो...
रातसाँझ पर्खेर बियाँलो गर्दै,
अँध्यारा पाखा-खोल्सामा
बिसर्जन गर्नुपर्ने रे,
देउताको डरले तिनीहरू
महिनैपिच्छे अन्याय सहन्छन्...
दोषी को?
पुरुष, महिला कि देउता?
Ads go here
Comments