लौकतन्त्रमाथि बहस
अहिलेको राजनीतिमा असल पद्धति खोजेर नपाउने सम्भावना बढेको र जनताले खराबमध्ये कम खराबको छनौट गर्नुपर्ने बाध्यता सामना गर्नुपरिरहेको छ। तर लोकतान्त्रिक पद्धतिको सही र व्यवहारिक अभ्यासका लागि "प्रत्याव्हान" अपरिहार्य छ। होइन भने आम मतदाताको २५-३० प्रतिशत मतले चुनाव जितेको मान्छेले तथाकथित "बहुमत"को नाउँमा निरङ्कुशता लाद्ने र त्यसले जनताको सार्वभौमसत्ता सधैंका लागि अपूरो रहनेछ । रह्यो कुरा पटकपटक चुनाव गराउँदा महङ्गो पर्छ कि भन्ने अनुमानको। जवाफ प्रष्ट छ, त्यो त अहिले निरङ्कुश बनेर भ्रष्टाचार गर्न पाएको छूटभन्दा प्रत्याव्हान महङ्गो कुनै अर्थमा पनि हुनेछैन । यसबाट दुई फाइदा छन्:
१) जनताले फिर्ता बोलाउन सक्छन् भनेर निर्वाचित प्रतिनिधिले शासन होइन सेवक बन्ने प्रयासमा लाग्छ, इमानदारीपूर्वक काम गर्न सक्छ र अहिलेको जस्तो असीमित भ्रष्टाचार गर्न पाउने अवस्था रहँदैन ।
२) लोकतन्त्रमा जनता सार्वभौमसत्ता सम्पन्न हुन्छन् भन्ने मान्यताले व्यवहारिकता पाउँछ र लोकतान्त्रिक व्यवस्थालाई कल्याणकारी प्रयत्नबाट राजनीतिकै सर्वोत्कृष्ट व्यवस्था बनाउन सकिन्छ ।
Comments