समाजवालको नारा कतातिर?
कोहलपुरको कपास उद्योग होस् कि बुटवलको धागो, नवलपरासीको कागज कारखाना होस् कि हेटौंडाको कपडा, वीरगन्जको कृषि औजार उत्पादन केन्द्र होस् कि हेटौंडा-काठमाडौं रोपवे, काठमाडौंको छालाजुत्ता, जनकपुरको चुरोट, विराटनगरको जुटमिल र यस्ता राष्ट्रिय गौरवका उद्योगहरूलाई ध्वस्त बनाउने को हुन्?
जनतालाई आर्थिक व्यवस्थाका पाठ पढाउन अघिसर्ने कथित् अर्थविदहरू, मजदुरलाई आन्दोलनमा उफारेर सत्तारूढ बन्न हतारिएका कम्युनिष्ट-कांग्रेसहरू, युवाहरूलाई बिदेशी भूमिमा रगत-पसिना पोख्न बाध्य बनाएर शासनकाल लम्ब्याउने सामन्ती कर्मचारीहरू, भारतदेखि परसम्मका उपभोग्य पदार्थको दलाली गरेरै धनाढ्य बनेका व्यापारीहरू र दर्शनहीन नवसामन्तवादी नेताको चाकडीका लागि आफ्नै घर उजाड्दै राजनीतिक गुण्डा बन्न तम्सिएका कथित् कार्यकर्ताहरू को के गर्दैछन्?
अब कुनै वाद र सिद्धान्त अलापेर होइन, कल्याणकारी सोचले अभिप्रेरित भएर देशको भलाइँका प्रतिबद्ध मानिसहरूको खोजी होस्। भ्रष्टाचारको विरोध र भ्रष्टाचारीको बहिष्कार होस्। तबमात्रै बन्छ देश!
Comments